Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

बडा दशैंका लागि भदौ २९ गतेबाट नयाँ सुकिला नोट साट्न पाइने, कहाँ–कहाँबाट साट्न सकिन्छ ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । २०८२ सालको बडा दशैंका लागि भदौ २९ गतेबाट नयाँ सुकिला नोट साट्न सकिने भएको छ । दशैंका लागि सुकिला नोट साट्न सकिने राष्ट्र बैंकले एक सूचनामार्फत स्पष्ट पारेको हाे ।

सर्वसाधारणले नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग, थापाथली, प्रदेशस्थित कार्यालय (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) र क, ख र ग वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट सर्वसाधारणलगायत विभिन्न संघसंस्थाले नोट साट्न सक्ने सुविधा रहेको राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

असोज १० गतेसम्म सुकिला बैंक नोट सटही गर्न सकिने व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग थापाथली, काठमाडौंले जनाएको छ ।

Health Tips Ad Road Block