Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित

ठूला भौतिक पूर्वाधार विकासको नयाँ ढोकाः अर्थमन्त्री पौडेल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ संघीय संसदको प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकले विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो । संसदमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयकले नेपालमा ठूला भौतिक पूर्वाधारको विकासका लागि नयाँ ढोका खोल्ने बताए ।

अर्थमन्त्री पौडेलले विधेयकले नेपालको विकासको आवश्यकतालाई सम्बोधन गर्ने भन्दै विधेयक छिटो पारित गरेर संसदले छोटो समयमा पनि महत्वपूर्ण काम गर्न सकिन्छ भन्ने उदाहरण पेश गरेको बताए । विधेयकमाथिको छलफलमा भाग लिदै प्रतिपक्षी दलका सांसदहरुले समेत नविन अवधारणा भन्दै विधेयकको प्रशंसा गर्दै सरकारलाई धन्यवाद दिएका थिए ।

संसदको अर्थ समितिमा छलफल सम्पन्न भएपछि विधेयकलाई प्रतिनिधिमा सभामा पेश गरिएको थियो।

वैकल्पिक स्रोत जुटाएर धेरै प्रतिफल दिने ठूला पूर्वाधारका आयोजनामा लगानी गर्ने विधेयकको मुख्य उद्देश्य छ।

Health Tips Ad Road Block