Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

पर्यटन बोर्डले अनुसन्धानलाई प्राथमिकतामा राख्दै पर्यटन प्रवर्द्धन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटन प्रवर्द्धनका लागि अनुसन्धानलाई प्राथमिकतामा राखेर पर्यटन प्रवर्द्धनका कार्यक्रमहरु गरिरहेको जनाएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी पर्यटन प्रवर्द्धनका लागि अनुसन्धानलाई प्राथमिकतामा राखेर पर्यटन प्रवर्द्धनका कार्यक्रमहरु गरिरहेको बताएका हुन् । त्रिभूवन विश्‍वविद्यालयका प्राध्यापक तथा नेपालीज् मार्केटिङ एसोसियसनका सचिव डा.सुशिल अवालेले ‘नेपालमा पर्यटन प्रवर्द्धनको प्रभाव’ विषयमा गरेको विद्यावारिधी (पीएचडी)को अनुसन्धानबारेको छलफल कार्यक्रममा सीईओ जोशीले भने, “बोर्डले तथ्य र अनुसन्धानमा आधारित नीतिहरूमार्फत मात्र नेपालको पर्यटन क्षेत्रलाई दिगो र प्रतिस्पर्धी बनाउन सकिने कुरामा ध्यान केन्द्रित गरेको छ ।“ नेपाल पर्यटन बोर्ड सार्वजनिक–निजी साझेदारी मोडलमा आधारित संस्था भएको उल्लेख गर्दै सीईओ जोशीले विगत २७ वर्षदेखि नेपाललाई विश्वस्तरको प्रमुख पर्यटक गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित काम गर्दै आएको बताए ।

“बोर्डले विगतमा ‘रेजिलियन्स बिल्डिङ’, ‘रिभाइभल’ तथा ‘एग्रेसिभ मार्केटिङ’जस्ता रणनीति अवलम्बन गर्दै अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटनलाई प्रवर्द्धन गरिरहेको छ,” उनले थपे । “बजार प्रवर्द्धन केवल प्रचार–प्रसारमा मात्र सीमित नराखी अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यक छ ।“ बोर्डले नेपाललाई ‘प्रिमियर भिजिटिङ डेस्टिनेसन’ बनाउन अनुसन्धानलाई केन्द्रीय आधार बनाएर आगामी योजनाहरू अघि सार्ने सीईओ जोशीले बताए ।

पर्यटन बजारमा दीर्घकालीन प्रतिस्पर्धा गर्न तथ्यमा आधारित योजना अपरिहार्य रहेको उनले उल्लेख गरे । यसका साथै सीईओ जोशीले डा. अवालेको अनुसन्धानलाई सम्पत्तिको रुपमा राखिने र रणनीति बनाउन अध्ययन गरिनेसमेत बताएका छन् ।

यस अवसरमा डा. अवालेले आफ्नो पीएचडी अनुसन्धानमा आधारित प्रस्तुतिकरणसमेत गरेका थिए । उनले नेपालको पर्यटन आगमन, खर्च गर्ने प्रवृत्ति, गन्तव्य रोजाइ र नीतिगत कमजोरीलगायतका विषयमा विस्तृत तथ्याङ्क प्रस्तुत गरे । कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले पनि नेपालको पर्यटनलाई दिगो विकासको दिशामा अघि बढाउन अनुसन्धान अत्यावश्यक भएकोमा जोड दिएका छन् । उनीहरुले बजार प्रवर्द्धनका कार्यक्रमलाई भावनात्मक प्रचारभन्दा डेटा–आधारित रणनीतिबाट अघि बढाउनुपर्ने समय आएको सुझाव दिएका छन् ।

Health Tips Ad Road Block