Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एससीटी–यूनियन पे कार्डबाट अब मोबाइल वालेटहरूमा सजिलै रकम लोड गर्न मिल्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमार्डौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी)ले जारी गर्दै आएको एससीटी–यूनियन पे कार्डबाट अब नेपालमा सञ्चालन हँुदै आइरहेको विभिन्न मोबाइल वालेटहरूमा सजिलै वालेट लोड गर्न मिल्ने भएको छ । कार्डबाट वालेट लोड गर्न मिल्ने सुबिधा रहेको सबै मोबाइल वालेटहरू, जस्तै इसेवा, खल्ती, हाम्रो पे, आदि वालेटहरूमा ग्राहकहरूले सजिलै आफ्नो एससीटी–यूनियन पे कार्डबाट सिधै वालेट लोड गर्न मिल्ने सुविधा जारी भएको छ ।

नबिल बैंकको इलेक्ट्रोनिक पेमेन्ट गेटवे (ईपीजी) मा आबद्ध रहेका सम्पूर्ण वालेट तथा मर्चेन्ट एप्लिकेशनहरूबाट ग्राहकहरूले यो सुबिधा लिन सक्नेछन् । यस सुबिधाले ग्राहकहरूलाई आफ्नो एससीटी–यूनियन पे कार्डबाट पीओएसमा मात्र नभएर अब डिजिटल वालेटहरूबाट भुक्तानी, इ(कमर्स भुक्तानी, एरलाइन टिकट खरिद, आदि पनि गर्न अझ सरल हुने आशा गरिएको छ ।

एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी–यूनियन पे कार्ड जारी गर्दै आइरहेको छ । एससीटी–यूनियन पे डेबिट कार्ड लिन इच्छुक ग्राहकहरूले सजिलै एससीटीका सदस्य बैंक तथा वित्तीय संस्थाबाट प्राप्त गर्न सक्नेछन् ।

Health Tips Ad Road Block