काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको प्रचलनलाई नयाँ उचाइमा पुर्यािउँदै, सिप्रदी ट्रेडिङ प्रालि (टाटा मोटर्सको आधिकारिक वितरक) ले यस वर्षको नाडा अटो शो २०२५ मा आफ्नो लोकप्रिय विद्युतीय ट्याक्सी मोडल एक्सप्रेस–टी ईभीका प्रमुख फ्लिट पार्टनरहरूलाई विशेष सम्मान प्रदान गरेको छ।
कार्यक्रममा तोयानाथ पोखरेल, जनार्दन फुयाल, विजय श्रेष्ठ, राजु घिमिरे, कबिराज श्रेष्ठ र राजकुमार अरन लाई सम्मान गरिएको हो। उनीहरुको निरन्तर योगदान, यात्रु सेवामा विद्युतीय सवारीलाई लोकप्रिय बनाउन देखाएको मेहनत र साथका लागि यो सम्मान गरिएको हो।
एक्सप्रेस–टी ईभी विशेषरूपमा यात्रु सेवाका लागि डिजाइन गरिएको विद्युतीय मोडल हो।
स्वरोजगारी प्रवर्द्धन साथै सञ्चालन खर्च निकै कम हुने र ईन्धनमा विदेशी निर्भरता घटाउन मद्दत गर्ने भएकाले यो सवारी अहिलेको आवश्यकताअनुसार उपयुक्त विकल्प मानिएको छ।
नाडा अटो शो २०२५ भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा भइरहेको छ । टाटा मोटर्सका नयाँ मोडलहरू अवलोकन गर्न र सीमित अवधिका विशेष अफरहरूको लाभ उठाउन सम्पूर्ण अटोप्रेमीहरुलाई नेपालका लागि टाटाको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग हार्दिक आमन्त्रण गरेको छ ।























