Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

पुवा खोलाको बेलीब्रीज उद्घाटनपछि सञ्चालनमा, हेवा खोलामा जडान गरिएको मोडुलर ब्रीजको उद्घाटन हुँदै

Citizenlife ad 2082 falgun to baishak 2083

ईलाम । ईलाम नगरपालिका वडा नं. ९ र ११ जोड्ने पुवा खोलामा निर्मित बेलीब्रिज औपचारीक सञ्चालनमा आएको छ । बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले उद्घाटन गरेका हुन् ।

भारतीय सरकारको सहयोगमा सो पुल उपलव्ध भएको हो । उक्त पुल सञ्चालनमा आएसँगै ताप्लेजुङ, पाँचथर र ईलामका बासिन्दालाई झापा सम्मको आवत जावत सहज भएको छ । उक्त पुल ४८.८ मिटरको रहेको सडक डिभिजन कार्यालय ईलामका प्रमुख पवन भट्टराईले जानकारी दिए ।

१ करोड ४८ लाख रुपैयाँको लाखको लागतमा सागर–शुभारम्भ–एरिसा जेभीले सो पुल निर्माण गरेको हो ।

यो पुल सञ्चालनमा आएसँगै पहाड र तराईको दुरी समेत छोटो भएको छ । पुल निर्माणले यातायात सञ्चालनमा सहज हुनका साथै स्थानीय कृषि उपजहरुको बजारीकरण भई स्थानीयको आर्थिक स्तर सुधारमा पनि सघाउ पुग्ने विश्वास गरिएको मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए ।

पुल उद्घाटन समारोहमा संघीय सांसद महेश बस्नेत, मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक डा. विजयकुमार जैसी, पुल महाशाखाका प्रमुख ललिजन खनाल, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकका प्रमुख बिनोदकुमार मौवार, ईलाम नगरपालिकाका प्रमुख केदार थापा, अन्य जनप्रतिनिधी लगायतको उपस्थिति रहेको थियो ।

मन्त्री दाहाल र राजदूत श्रीवास्तवले आजनै पाँचथरको हेँवा खोलामा जडान गरिएको मोडुलर ब्रीजको समेत उद्घाटन गर्ने कार्यतालिका रहेको छ ।

Health Tips Ad Road Block