Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

विद्युत प्राधिकरणले बढायो पोल र फाइबरको भाडा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पोल र ओपीजीडब्लू फाइवरको भाडा बढाएको छ । प्राधिकरणको साउन ३० को निर्णअनुसार भाडावृद्धि गरेको प्राधिकरणले स्पष्ट पारेको छ ।

नेपाल राष्ट्र बैंकको मूल्य सूचकांकका आधारमा इन्टरनेट सेवा प्रदायकहरूसँग भएको सम्झौताबमोजिम भाडादरमा ५.८५ प्रतिशतले वृद्धि गरेको प्राधिकरणका निर्देशक चन्दन कुमार घोषले जानकारी दिएका छन् । विद्युत प्राधिकरण र इन्टरनेट सेवा प्रदायकहरूबीच भएको सम्झौतामा प्रत्येक पाँच वर्षमा भाडादर समायोजन गरिने उल्लेख छ । प्राधिकरणले जारी गरेको सूचनाअनुसार ‘सम्झौताको दफा ५ को उपदफा २ अनुसार भाडादर पाँच प्रतिशत वा नेपाल राष्ट्र बैंकको विगत पाँच वर्षको औसत वार्षिक मूल्यवृद्धि दरमध्ये जुन बढी हुन्छ सोही दरले वृद्धि गरिनेछ ।’

प्राधिकरणले राष्ट्र बैंकको औसत मूल्यवृद्धि दर ५.८५ प्रतिशत रहेकाले सोहीअनुसार भाडा बढाएको स्पष्ट पारेको छ । भाडा वृद्धिपछि अब फाइबरको प्रतिकोर प्रतिकिलोमिटर प्रतिवर्ष ३३ हजार ८७२ रुपैयाँ र प्राधिकरणको हातामा नोड प्वाइन्टका लागि उपकरण जडान गरेबापत प्रतिवर्ष एक लाख ६० हजार ४६ रुपैयाँ भाडा कायम हुनेछ । बढेको भाडा भदौ १ गते आइतबारदेखि नै लागु भएको छ ।

यसरी लागत बढ्दा उपभोक्तालाई इन्टरनेटको शुल्क बढ्नसक्ने अनुमान गरिएको छ ।

Health Tips Ad Road Block