Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सन नेपाल लाइफ इन्स्योरेन्सको मनी लन्डरिङ र आतङ्कवादी वित्तीयकरणसम्बन्धी तालिम सम्पन्नः वित्तीय प्रणालीमा पारदर्शिता र सुरक्षा सुदृढीकरणमा जोड

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि र नियामक पालना सुनिश्चित गर्ने उद्देश्यले एन्टी मनी लण्ड्रीङ तथा कम्ब्याटिङ दि फाइनान्सिङ अफ तेरोरिजम सम्बन्धी विशेष तालिम सम्पन्न भएको छ । नगरकोट स्थित रत्नागिरि रिर्सोटमा तालिम आयोजना भएको हो ।

उक्त कार्यक्रममा कम्पनीका कानून विभाग प्रमुख सुवस भण्डारीले तालिम प्रदान गरेका थिए । उनले मनी लन्डरिङ र आतङ्कवादी वित्तीयकरण जस्ता विश्वव्यापी चुनौतीहरूले बीमा क्षेत्रलाई समेत प्रभावित गर्न सक्ने भएकाले समयमै सचेत रहनुपर्ने आवश्यकता औंल्याए । साथै एएमएल÷सीएफटी सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड, नेपाल सरकार तथा बीमा प्राधिकरणका निर्देशिका र दैनिक कामकाजमा पालन गर्नुपर्ने व्यावहारिक प्रक्रियाबारे विस्तृत प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा कोशी, मधेश तथा बागमती प्रदेशका शाखा प्रमुख लगायत कम्पनी प्रमुख बजार अधिकृत गणेश चौलागार्इ तथा कम्पनीका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

हाल सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले देशभरका १४३ शाखाबाट जीवन बीमा व्यवसाय संचालन गरिरहेको छ ।

 

Health Tips Ad Road Block