ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

भृकुटीमण्डपमा अटोमोवाइल्सको कुम्भ मेला १७ औं संस्करणको नाडा अटो शो–२०२५ सुरु, उड्ने कार मुख्य आकर्षण

काठमाडौ । अटो मोबाइल व्यवसायी, ग्राहक र सरोकारवालाको कुम्भ मेलाको रूपमा रुपमा रहने नाडा अटो शो–२०२५ आज भदौ ३बाट काठमाडौंको भृकृटीमण्डपमा सुरू भएको छ। चाडपर्व नजिकिएसँगै र यस वर्षको गाडी व्यापारको सिजन सुरु भएसँगै सुरु अटो शोमा ग्राहकको आकर्षणको रुपमा नयाँ–नयाँ मोडलका गाडीहरु प्रदर्शनीमा राखिएका छन् ।

भदौ ३ देखि भृकुटीमण्डपमा आयोजित नाडा अटो शो–२०२५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन् । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले भदौ ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप परिसरमा आयोजना हुने १७ औं संस्करणको नाडा अटो शो–२०२५ मा भविष्यको मोबिलिटी प्रतिक डिपाल इभिटोल फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स मुख्य आकर्षणकोरुपमा रहेका छन् ।

‘गो फर मोर’ भन्ने नारासहित आयोजना भएको यस वर्षको नाडा अटो शो ले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकी तन्त्रलाई एकै छानामुनि ल्याएको आयोजक नाडाको भनाई छ ।

स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीकस्वरूप उन्नत चारपाँग्रे युनिटरि रोबोट्स, दिपल इभोटल युएभिसहित १९ वटा चारपाँग्रे ब्रान्डहरू, १३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू, ४ वटा दुईपाँग्रे सवारी ब्रान्डहरूले शो मा सहभागिता जनाएका छन् । त्यसैगरी शोमा ३५ वटा कम्पनी (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू) १२५ भन्दा बढी प्रदर्शकहरू रहेका छन् ।

करीब १ लाखभन्दा बढी आगन्तुकहरुले शो को भ्रमण गर्ने आयोजक नाडाको अनुमान रहेको छ ।

Health Tips Ad Road Block