ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

नेपालकै पहिलो दिपलको उड्ने ट्याक्सी नाडो अटो सोमा प्रधानमन्त्रीबाट सार्वजनिक हुँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । भोलि मंगलबारबाट सुरु हुने नाडा अटो सो २०२५ मा नेपालकै पहिलो इभीटोल दिपलको उड्ने ट्याक्सीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने भएका छन् । एमएडब्लु वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य गरेर नेपालमा नयाँयुगको मोबिलिटीको सुरुआत भएको सन्देश दिँदै इभीटोल (इलेक्ट्रोनिक भर्टिकल टेक अफ एन्ड ल्यान्डिंग)लाई नाडा अटो सोमा प्रदर्शनीमा राख्न लागेको हो ।

एमएडब्लु वृद्धिले नेपालमै पहिलो पटक मानव आकारको ह्युमनोइड रोबोटहरु पनि प्रदर्शनीमा राख्नेछ जसले आगन्तुहरुसँग प्रत्यक्ष संवाद गर्दै मानिसहरुको जस्तो गतिविधि र संसार गर्नेछन् । यी नविनतम् प्रविधिले नाडा अटो सोलाई एउटा अटोमोबाइल प्रदर्शनीमा मात्र नभई एउटा नयाँ युगको आगमनको उत्सव बनाउने बताइएको छ ।

नाडामा दिपलका मार्केट डिस्रप्टर इभीहरु

नयाँ प्रविधिहरुसँगै नाडा अटो सोमा दिपल तथा अवतारका फ्युचरिस्टिक कारहरु दिपल एस ०५, एस०७ आईसीए, ई०७ र अल्ट्रा प्रिमियम अवतार ११ प्रदर्शनीमा राखिनेछन् । गत साता नेपालमा सार्वजनिक भएको दिपल एस ०५ ले केही दिनमै अत्याधिक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको कम्पनीको भनाइ छ । लक्जरी, स्टाइल र टेक्नोलोजीको विशिष्ट सम्मीश्रणकै कारण यो नयाँ एसयुभी लोकप्रिय बन्न पुगेको र नेपालको नं १ लक्जरी इभी ब्रान्ड दिपलका सबै इभीहरु नाडाको एवान र एटु स्टलमा प्रत्यक्ष रुपमा अनुभव गर्न सकिने कम्पनीले जनाएको छ ।

नाडा अटो सो सधैं नयाँ प्रविधि प्रदर्शन गर्ने मञ्च रहँदै आएको छ । यस वर्ष प्रधानमन्त्रीबाटै नेपालको पहिलो उड्ने ट्याक्सी सार्वजनिक हुनु स्वयंम्मा एउटा ऐतिहासिक उपलब्धी हो,’ एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, ‘उड्ने कार, ह्युमनोइड रोबोट र दिपलका डिस्रप्टिक इभीलाइनअपलाई प्रदर्शनमा राखेर हामीले नेपालको मोबिलिटीको भविष्यलाई पुन परिभाषित गर्दैछौं ।’

Health Tips Ad Road Block