ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

नाडा अटो शोको उपलक्ष्यमा सारथी इकुटरमा २५ हजार नगद छुट

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । भदौ ३ गते भोलिदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शोको अवसरमा सारथी इकुटरमा २५ हजार नगद छुट अफर संचालन गरिएको छ । शुरुको दिन अर्थात् भदौ ३ गते देखि भदौ ८ गतेसम्म लागु हुने गरी अफर संचालन भएको कम्पनीले जनाएको छ ।

उक्त अटो शोमा कम्पनीले सहभागिता नलिएता पनि ग्राहकहरुको चासो र उत्साहलाई मध्यनजर गर्दै यो अफर संचालन गरेको कम्पनीले जनाएको छ ।

उक्त अफर अनुसार सारथी इकुटरका दुई मोडेल इ३ र विंगर मोडेलको स्कुटर खरिद गर्ने ग्राहकले नगद रु. २५ हजार छुट पाउनेछन् । साथै एक वर्षको कर, एउटा प्रिमियम हेलमेट तथा एउटा रेनकोट पनि निःशुल्क दिइने कम्पनीले जनाएको छ ।

यो अफर नगदमा खरिद गर्ने ग्राहकले मात्र पाउने छन् । नगद नहुने ग्राहकहरुले किस्तावन्दीमा स्कुटर खरिद गर्न सक्ने कम्पनीको भनाइ छ। जस अन्तर्गत जम्मा २०% डाउनपेमेन्टमा अधिकतम ३ वर्षसम्मको फाइनान्स सुविधा पाउन सक्नेछन् ।

यतिमात्र नभएर कम्पनीले हरेक दिन एक्सचेन्जको पनि सुविधा दिइरहेको छ । कुनै पनि पुरानो बाइक वा स्कुटर इभी भएपनि वा पेट्रोल वाला भएपनि एक्सचेन्ज हुने कम्पनीले जनाएको छ ।

३ हजार ९ सय वाटको अधिकतम मोटर पावर भएको विंगर र ३ हजार वाट मोटर पावर भएको इ३ दुवै स्कुटरमा २.८ किलोवाटको बेट्री प्रयोग भएको छ । जसले अधिकतम १२० किलोमिटर सम्मको रेन्ज दिन्छ ।

कम्पनीले इ३ लाई २ लाख १६ हजार र विंगरलाई २ लाख ९ हजार रुपैंया मूल्य राखेको छ । अहिलेको अफर अन्तर्गत दुवैमा २५ हजार छुट हुने कम्पनीको भनाइ छ ।

यी स्कुटरको नेपालका लागि आधिकारिक वितरक जीरो इमिसन राइड एन रहेको छ ।

नेपालमा भएका इलेक्ट्रिक स्कुटर ब्राण्डहरु मध्ये सबैभन्दा बढी सर्भिस सेन्टर र चार्जिङ्ग प्वाइन्ट भएको कम्पनीको रुपमा जीरो इमिसन राइड एन रहेको कम्पनीका सेल्स हेड शंकर शर्माले बताएका छन् । कम्पनीले विगत ६ वर्षदेखि नेपालमा लुयान ब्राण्डका इलेक्ट्रिक स्कुटर पनि बिक्री  गरिरहेको छ ।

Health Tips Ad Road Block