Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

‘विकासका लागि नेपाल मोडेल जरुरी’

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पुर्वाधार निर्माणपूर्वको अध्ययनलाई जोड दिन आवश्यक रहेको बताएका छन् । नेपाल इन्जिनियरिङ काउन्सिलले बिहिबार काठमाडौंमा आयोजना गरेको इन्जिनियरिङ पेशा र नेपाल इन्जिनियरिङ काउन्सिलको भूमिका विषयक कार्यशालामा उनले पूर्वाधार निर्माणको कामलाई दिगो र सुरक्षित बनाउन विशिस्ट अध्ययन र अनुसन्धान जरुरी रहेको बताए ।

नेपालको भूधरातलीय बिशिस्टता सुहाउँदो विकास मोडेल आवश्यक रहेको जनाउँदै नेपालको भौगोलिक चुनौती खेप्न सक्ने प्रविधिबारे समेत अध्ययन गर्न समेत उनले आग्रह गरे ।

आवश्यक नीति र कानुन निर्माण र सम्सोधनका लागि सरकार तयार रहेको पनि उनले जनाए ।

ठूला राजमार्गहरुको विकास र विस्तार, आधुनिक सुरुङहरुको निर्माण, नेपालको विशिष्ट भूबनोट सुहाउँदा सुरक्षित सडक लगायतका संरचना निर्माणमा नेपाली ईन्जिनियरहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मन्त्री दाहालले नेपाली ईन्जिनियरहरुको शिक्षा र क्षमतलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने काम अघि बढ्नुले यस क्षेत्रलाई थप उत्साही बनाएको विश्वास व्यक्त गरे ।

कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालको पूर्वाधार विकासलाई नयाँ चरणमा पुर्याउन ईन्जिनियरीङ् क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताएका छन् । नेपालको पूर्वाधार क्षेत्र अहिले तिव्र निर्माणको चरणमा भएकाले यसपछि नयाँ चरण शुरु हुने उनको धारणा छ ।

नेपालमा उत्पादित स्तरीय जनशक्तिबाटनै पूर्वाधार क्षेत्रलाई आधुनिक दिशातर्फ अघि बढाउन सकिने भन्दै उनले नेपाली ईन्जिनियरहरुको वृति विकास र योगदानलाई महत्वका साथ हेरिएको बताएका छन् ।

यस्तै काउन्सिलका अध्यक्ष पदमबहादुर शाहीले ईन्जिनियर र ईन्जिनियरीङ् क्षेत्रले विकाशका विभिन्न आयामलाई समेट्ने भएकाले यस क्षेत्रको योगदान नभई आधुनिक विकास सम्भव नहुने बताए । कार्यक्रममा इन्जिनियरिङ पेशा र नेपाल इन्जिनियरिङ काउन्सिलको भूमिकाका विभिन्न विषयमा विज्ञहरु सहित छलफल भएको काउन्सिलका रजिस्ट्रार ध्रुवराज भट्टराईले जानकारी दिएका छन् ।

Health Tips Ad Road Block