काठमाडौं । एनएमबि बैंकको नाफा ४६ प्रतिशतभन्दा बढीले बढेको छ । बैंकले गत आर्थिक वर्षमा ३ अर्ब २८ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब २४ करोड ४४ लाख रुपैयाँ नाफा गरेको थियो ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेर ८ अर्ब २ करोड ९ लाख रुपैयाँ पुगेको छ ।
बैंकको वितरणयोग्य नाफा १ अर्ब ९० करोड ९५ लाख रुपैयाँ पुगेको छ । यसरी हेर्दा बैंकले शेयरधनीलाई लाभांश दिने क्षमता १०.४० प्रतिशत रहेको छ । बैंकको खराब कर्जा बढेर ३.७२ प्रतिशत पुगेको छ ।
बैंकको प्रतिशेयर आम्दानी १५.१० रुपैयाँ, प्रतिशेयर नेटवर्थ १७६.८१ रुपैयाँ छ । २ खर्ब ८० अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २ खर्ब २९ अर्ब १२ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।






















