काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ५१ करोड २५ लाख ३२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा २२.१४ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको नाफा १ अर्ब २३ करोड ८३ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी घटेर १० अर्ब ४५ करोड रहेको छ । यस अवधिमा बैंकको वितरणयोय मुनाफा भने ७ अर्ब १० करोड १५ लाख रुपैयाँ ऋणात्मक रहेको छ । बैंकको संचालन नाफा भने ८८.४१ प्रतिशतले बढेर ५ अर्ब ४३ करोड पुगेको छ ।
बैंकले यो अवधिसम्ममा ३ खर्ब ९ अर्ब १५ करोड निक्षेप संकलन गरेको छ भने २ खर्ब ३२ अर्ब ८५ कर्जा लगानी गरेको छ । बैंकको निक्षेप ८.८९ र कर्जा १.३७ प्रतिशतले बढेको हो ।
बैंकको खराब कर्जा भने बढेको छ । ४.९८ प्रतिशतबाट खराब कर्जा बढेर ७.२८ प्रतिशत पुगेको छ । बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २३ अर्ब ३५ करोड ९९ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी बढेर ६.९८ रुपैयाँ रहेको छ भने कम्पनीको प्रति शेयर नेटवर्थ १७५.०८ रुपैयाँ रहेको छ ।






















