ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

पशुपति, लुम्बिनी, जनकपुर लगायत धार्मिक तथा सांस्कृतिक क्षेत्रका विकृति हटाउन ठोस कदम चाल्ने प्रतिबद्धता

Citizenlife ad 2082 falgun to baishak 2083

काभ्रे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले पशुपति, लुम्बिनी, जनकपुर लगायत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा रहेका विकृति र विसंगति निवारणका लागि ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सभ्यता, संस्कृति, ज्ञान र दर्शनको पुनर्जागरणलाई सुदृढ बनाउन सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिँदै सो कुरा बताएका हुन् ।

मन्त्री पाण्डेले नेपाल विविधतापूर्ण संस्कृति र प्रकृतिले सम्पन्न भएको बताउँदै संसारभरका मानिसले यहाँको अध्ययन, अन्वेषण र अनुभवलाई महत्व दिइरहेको समयमा नागरिक उड्डयनको क्षेत्रलाई समेत मजबुत बनाउन आवश्यक रहेको उल्लेख गरेका छन् ।

उनले हाम्रो सभ्यताले परोपकार, सहअस्तित्व र मानवमूल्यको संरक्षण गर्न सिकाएको भन्दै धार्मिक पीठहरूको पुनर्निर्माणमा मन्त्रालय दृढ रहने उद्घोष गरेका छन् ।

Health Tips Ad Road Block