काठमाडौं । भारत सरकारले नेपालका विभिन्न पाँच जलविद्युत आयोजनाबाट उत्पादन भएको थप २०० मेगावाट विद्युत खरिदका लागि सहमति प्रदान गरेको छ । यस अघि अनुमति प्राप्त ८१०.९ मेवा र थपिएको २०० मेवा गरी कुल भारत निर्यात क्षमता १०१०.९ मेगावाट पुगेको छ भने बंगलादेश निर्यातको ४० मेगावाटसहित नेपालको कुल निर्यात स्विकृती १०५०.९ मेगावाट पुगेको छ ।
पछिल्लो पटक साउन २६ गते भारत सरकारबाट प्राप्त स्विकृती ११ अगस्ट २०२५ देखि ३१ अक्टोबर सम्मको लागि हो । यस अन्तर्गत लिखु–२, लिखु खोला ए, लोअर सोलु, ठूलो खोला, सुपर कावेली खोला ए र सुपर कावेली खोलाबाट उत्पादन भएको विद्युत पर्दछ ।
आव २०८१/८२ मा १७ अर्व ४७ करोड रुपैयाँ बराबरको विद्युत निर्यात भएकोमा भारत सरकारबाट प्राप्त भएको थप निर्यात अनुमति र आगामी दिनमा थप प्राप्त हुने स्विकृतीले यस आवमा निर्यात दोब्बर हुने अनुमान गरिएको छ ।






















