ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

गुणस्तरीय उत्पादन बजारमा ल्याइरहेको अमुदी फुड्सको २० करोडको आईपीओ आउँदै, बिक्री प्रबन्धकमा ग्लोबल आईएमइ क्यापिटल

अन्तर्राष्ट्रिय बजारमा ब्रान्ड विस्तारको अभियान

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१२, गोन्द्राङमा रहेको र १९ वर्षदेखि उपभोक्ताको मन जित्दै आएको दाबी गर्ने अमुदी फुड्स लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । अमुदी फुड्स र क्यापिटलबीच आईपीओ निष्काशनसम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा अमुदी फुड्सको तर्फबाट अध्यक्ष अच्युत बस्नेत र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) मन्दीप लुइँटेलले हस्ताक्षर गरेका छन् ।

करिब दुई दशकदेखि स्न्याक्स उत्पादन गरेर उपभोक्ताको मन जित्दै आएको कम्पनीले गुणस्तरीय नुडल्स उत्पादन पनि सुरु गरेको जनाएको छ । स्न्याक्सको क्षेत्रमा U-n-Me Cheesy Cheese Ring, U-n-Me Cheese Ball, U-n-Me Masala Munch, U-n-Me Pomess, U-n-Me Potato Chacker, U-n-Me Tangy Tomato Ring, U-n-Me Akabara Chatpate , U-n-Me Grand, U-n-Me Fire Ball, U-n-Me Mixed Dalmotha, U-n-Me Plain Bhujia, U-n-Me Any Time Dalmotha, U-n-Me Aloo Bhujia र U-n-Me Salted Penauts साथै U-n-Me Masala जस्ता उत्पादनहरू बजारमा ल्याएको ब्रान्डले अब नुडल्स उत्पादनलाई पनि रणनीतिक रूपमा अघि बढाएको जनाएको छ।

कम्पनीका कार्यकारी अध्यक्ष अच्युत बस्नेतले भने, ‘हामीले १९ वर्षको यात्रामा उपभोक्ताको विश्वास जित्दै गुणस्तरीय स्न्याक्स उत्पादन गर्दै आएका छौं। स्न्याक्सको क्षेत्रमा उत्पादनहरू बजारमा ल्याएर लोकप्रिय बनाउँदै आएको ब्रान्डले अब नुडल्स उत्पादनलाई पनि रणनीतिक रूपमा अघि बढाएको छ। यस कार्यको सुदृढ विस्तारका लागि ग्लोबल आईएमइ क्यापिटलसँग सहकार्य गर्दै पब्लिक इनभेष्टमेन्टको माध्यमबाट आवश्यक लगानी व्यवस्थापन गरिएको छ। यसले उद्योग विस्तारसँगै आमनागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गरेको छ। अहिले गुणस्तरीय नुडल्स उत्पादन सुरु हुँदै छ । यससँगै स्वदेश तथा विदेशमा नेपाली स्वादको पहुँच विस्तार गर्ने हाम्रो प्रमुख लक्ष्य हो।’

भविष्यकाे योजनाबारे थप्दै अध्यक्ष बस्नेतले भने, ‘हामी निरन्तर अत्याधुनिक प्रविधिको प्रयोग गर्दै गुणस्तरीय उत्पादनमा केन्द्रित छौं। नुडल्स उत्पादनमार्फत बजार विस्तार, रोजगारी सिर्जना र अन्तर्राष्ट्रिय बजारमा यू एण्ड मीलाई एक प्रतिस्पर्धी नेपाली ब्रान्डको रूपमा स्थापित भएको यस कम्पनीले २०८३/०८४ मा १५ प्रतिशत लाभांश बाँड्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।’

नयाँ उत्पादनको सुरुआतसँगै अमुदी फुड्सले देशभरि वितरण सञ्जाल बलियो बनाउँदै बजार पहुँचलाई अझ सशक्त बनाउने योजनासमेत अघि सारेको छ।

Health Tips Ad Road Block