काठमाडौं । सिक्लेस हाईड्रोपावर लिमिटेडले शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । आइतबार बेलुका ५ बजे बसेको सञ्चालक समितिको बैठकले कम्पनीले शेयरधनीहरुलाई आव २०८०/०८१ र २०८१/८२ सम्मको संचित मुनाफाबाट चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने बाह्र करोड पचहत्तर लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ । कर प्रयोजनका लागि कम्पनीले चुक्ता पुँजीको ०.७८९ प्रतिशतले हुन आउने ६७,१०,५२६.३२ रुपैयाँ नगद लाभांश दिने सञ्चालक समितिको निर्णय छ ।
यो प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारणसभामा पेश गरिनेछ ।
साथै बोनस शेयर जारी भए पश्चात कायम हुने चुक्ता पुँजीको १ः१ अथवा एक बराबर एक अनुपातमा हकप्रद शेयर निष्काशन गरी अन्य जलविद्युत आयोजनाहरुमा लगानी गर्नको लागि विद्युत नियमन आयोगबाट पूर्व स्वीकृती भए पश्चात् अनुमोदन गर्न कम्पनीको आगामी वार्षिक साधारणसभामा पेश गर्ने निर्णय सञ्चालक समितिले गरेको छ ।






















