काठमाडौँ । बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अरुण रजौरिया नियुक्त भएका छ्न् । सरकारले ४ वर्षका लागि रजौरियालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । जलविद्युत् अध्ययन, डिजाइन, निर्माण एवम् व्यवस्थापनमा झण्डै ३ दशक अनुभव हासिल गरेका उनलाई बुढीगण्डकीको जिम्मेवारी दिइएको हो । नर्वेबाट जलविद्युत्मा एमएस्सी (स्नातकोत्तर स्वर्णपदक) गरेका रजौरियाले जलविद्युत विकासका क्षेत्रमा करिब ३ दशकदेखि सक्रियरूपमा काम गर्दै आएका छन् ।
१० वर्षदेखि एचआइडिसिएलमा कार्यरत उनी नेपाल हाइड्रो पावर एसोसिएसन (एनएचए) का अध्यक्षसमेत हुन् ।






















