Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

निजी क्षेत्रकै ठूलो ३४१ मेगावाटको बुढीगण्डकी आयोजनामा एनआइएमबी बैंकको अगुवाईमा १० बैंक/वित्तीय संस्थाले लगानी गर्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । साहस ऊर्जा लिमिटेडको सहायक कम्पनी टाइम्स इनर्जी प्रालिले निर्माण गर्ने निजी क्षेत्रकै ठूलो ३४१ मेगावाटको बुढीगण्डकी आंशिक जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन पुरा भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नेतृत्वमा १० वटा बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने गरी सम्झौता भएको हो । आयोजनामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नेतृत्वमा १० वटा बैंक तथा वित्तीय संस्थाले ५२ अर्ब ५० करोड रुपैयाँ लगानी गर्नेछन् । सम्झौतामा प्रवद्र्धक कम्पनी टाइम्स इनर्जीका संचालक सुशील थापा र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले हस्ताक्षर गरेका छन् ।

यसमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिड बैंक रहेको छ भने सहायक लिड बैंकको रुपमा नबिल बैंक, लक्ष्मी सनराइज बैंक र ग्लोबल आईएमई बैंक रहेका छन् । आयोजनामा लगानी गर्ने अन्य संस्थामा एचआईडिसिएल, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, निफ्रा, प्रभु बैंक र कृषि विकास बैंक रहेका छन् । आयोजना सम्पन्न गर्न ७० अर्ब रुपैया लागत अनुमान गरिएको छ । आयोजनामा ७५ प्रतिशत बैंकमार्फत र २५ प्रतिशत स्वपुँजी लगानी हुने छ । परियोजनामा नेतृत्वकर्ता बैंक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १० अर्ब ऋण लगानी गर्नेछ । सह नेतृत्व गर्ने नबिल बैंकले ८ अर्ब, लक्ष्मी सनराइज बैंकले ८ अर्ब र ग्लोबल आईएमई बैंकले ७ अर्ब ऋण लगानी गर्ने छन् । यस्तै एचआईडीसीएलले ४ अर्ब, माछापुच्छ्रे बैंकले ४ अर्ब, सिटिजन बैंकले ३ अर्ब, निफ्राले ३ अर्ब, प्रभु बैंकले ३ अर्ब र कृषि विकास बैंकले २.५ अर्ब ऋण लगानी गर्नेछन् ।

आयोजना गोरखाको चुम नुब्री र धार्चे गाउँपालिकामा निर्माण हुनेछ । अहिलेसम्म आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न गरेको छ भने विद्युत् विकास विभागबाट २०८० साल पुस ५ गते नै उत्पादन अनुमतिपत्र प्राप्त गरेको छ । आयोजनाको मुख्य संरचना बुढीगण्डकी नदीको दायाँ किनारामा रहने गरी डिजाइन गरिएको छ । भूमिगत विद्युत्गृहमा ५७ मेगावाटका ६ वटा भर्टिकल एक्सिस पेल्टोन टर्बाइनमार्फत विद्युत् उत्पादन गरिने छ । आयोजनाबाट २०८७ साल पुस १५ गतेदेखि व्यावसायिक उत्पादन गर्ने कम्पनीको लक्ष्य रहेको छ । जसबाट वार्षिक १८६७ गिगावाट घन्टा विद्युत् उत्पादन हुने छ ।

उत्पादित विद्युत् विद्युत्गृहदेखि करिब ४५ किलोमिटर २२० केभी प्रसारण लाइन निर्माण गरी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) द्वारा निर्माण हुने ४०० केभीको नुवाकोटको रातमाटे सबस्टेसनमा जोडिने छ ।

Health Tips Ad Road Block