Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सीआईपी सम्मान पाउने उद्योगीलाई हस्तकला महासंघको सम्मान

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सरकारबाट महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआईपी) सम्मानबाट सम्मानित उद्योगी व्यवसायीलाई नेपाल हस्तकला महासंघले सम्मान गरेको छ । प्रतिनिधिमूलक छाता महासंघका अध्यक्षहरु, वस्तुगत संघका अध्यक्षहरू र उद्योगी व्यवसायीहरूलाई काठमाडौंमा एक विशेष कार्यक्रम गरी महासंघले बधाई एवं सम्मान गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यता र नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यको सभापतित्वमा भएको कार्यक्रममा विगत लामो अवधिपछि छाता महासंघ वस्तुगत संघका अध्यक्ष र प्रतिनिधिहरू तथा उद्योगी व्यवसायीलाई मन्त्री भण्डारीबाट बधाईपत्र प्रदान गरिएको हो । त्यसैगरी उद्योगी व्यवसायीलाई महत्वपूर्ण व्यवसायिक व्यक्ति सम्मानबाट विभूषित गरेकोमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणालाई महासंघका अध्यक्ष रविन्द्र शाक्यबाट कृतज्ञता पत्र प्रदान गरिएको थियो । त्यस्तै महत्वपूर्ण व्यावसायिक व्यक्ति सम्मानको सन्दर्भमा नेपाल सरकार र निजी क्षेत्रको बीचमा समन्वयकारी भूमिकाको लागि नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपति देव पाण्डेलाई पनि कृतज्ञता पत्र प्रदान गरिएको थियो ।

नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट निजी क्षेत्र र उद्योग, व्यापार व्यवसायमा संलग्न उद्यमी व्यवसायीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यबाट उद्योगी व्यवसायीहरूका प्रतिनिधिमूलक छाता महासंघका अध्यक्षहरु र वस्तुगत संघका अध्यक्षहरूलाई गत असार ३२ गते महत्वपूर्ण व्यवसायिक व्यक्ति सम्मानबाट सम्मानित गरिएको थियो ।बधाई ज्ञापन कार्यक्रममा हस्तकला क्षेत्रको वर्तमान अवस्था अवसर र चुनौतीका विषयमा नेपाल हस्तकला महासंघका महानिर्देशक उत्तम प्रसाद देवकोटाले आफ्नो प्रस्तुती राखेका थिए ।

Health Tips Ad Road Block