Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

मौसमकै भरमा नेपालको खेती, जम्मा ७२ प्रतिशत क्षेत्रफलमा मात्र रोपाई

मधेश प्रदेशमा आधा भूभागमा पनि रोपाई हुन सकेन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । यस वर्ष नेपालको कुल ७२.१४ प्रतिशत क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले दिएको जानकारी अनुसार पानी कम परेको हुनाले रोपाई प्रतिशत कम हुन गएको हाे ।

केन्द्रले दिएको आइतबारसम्मको तथ्याँकअनुसार सुदूरपश्चिम प्रदेशमा ९७ प्रतिशत रोपाई सम्पन्न भएको छ । कर्णाली र लुम्बिनी प्रदेशमा ८८ प्रतिशत, बागमती प्रदेशमा ८७ प्रतिशत, गण्डकी प्रदेशमा ७९ प्रतिशत, मधेश प्रदेशमा ४७ प्रतिशत, कोशीमा ६२ प्रतिशत रोपाई सम्पन्न भएको छ । कोशी र मधेश प्रदेशमा पानी कम परेको हुनाले रोपाई प्रतिशत कम हुन गएको केन्द्रले जनाएको छ

कुल १३ लाख ८३ हजार ७३२.९८ हेक्टर क्षेत्रफलमा धानबाली हुने र त्यसमध्ये ९ लाख ९८ हजार २२८.०२ हेक्टर क्षेत्रफलमा मात्रै रोपाई सम्पन्न भएको छ ।

Health Tips Ad Road Block