Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

चीनको प्रस्ताव ‘विश्व सभ्यता पहल’ माथि काठमाडौंमा विमर्श

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङले सन् २०२३ मा प्रस्ताव गरेको ग्लोबल सिभिलाईजेसन इनिसियटिभ अर्थात् विश्व सभ्यता पहलमाथि काठमाडौंमा विज्ञहरुले धारणा राखेका हुन् । फेन्ड्स अन द क्लाउडले आयोजना गरेको कार्यक्रममा पूर्व गृहमन्त्री एवम राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, पूर्व राजदूत युवनाथ लम्साल, फेन्ड्स अन द क्लाउडका अध्यक्ष शोभित उप्रेती, परराष्ट्र जानकार डीबी सुनार लगायतले चिनियाँ अवधारणाको सभ्यता पहल, त्यसको विश्वब्यापी सान्दर्भिकता र नेपालको अवस्थाबारे धारणा राखेका हुन् ।

कार्यक्रममा पूर्व राजदूत लम्सालले चीन विश्व शक्तिका रुपमा स्थापित भैसकेकाले दक्षिण एसिया, समग्र एसिया र सम्पूर्ण विश्व बुझ्न चीनको अध्ययन जरुरी रहेको बताए ।

पूर्व मन्त्री तामाङले पृथ्वीनारायण शाहको उपदेश र राजा महेन्द्रको नीति लिएर अघि बढे चीनले जस्तै हरेक क्षेत्रमा छलाङ मार्न सकिने विश्वास व्यक्त गरे ।

अध्यक्ष उप्रेतीले चिनियाँ पहलले परम्परा, सभ्यता, मर्यादित लोकतन्त्र र जनता( जनताबिचको सम्बन्ध समेटेकाले त्यसको अनुसरण सबैले गर्नुपर्ने धारणा राखे ।

चीनको यो अन्तर्राष्ट्रिय पहलले विश्वभरका विभिन्न सभ्यताहरुकाबीच सम्मान, सहयोग र सद्भाव बढाउने लक्ष्य राख्दछ ।

Health Tips Ad Road Block