Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल टेनिस संघले डेभिस कपको छनोट प्रकृया निष्पक्ष र पारदर्शी रहेको प्रष्ट पारेको छ । खेलाडी अभिषेक बास्तोलाको विषयमा उठेका प्रश्नको जवाफ दिंदै संघले निष्पक्षता, पारदर्शीता र प्रर्दशनका आधारमा डेभिस कपमा नेपाली टिम छनोट गरिएको बताएको हो ।
सन् २०२४ को आईटीएफको शीर्ष २ हजारभित्र रहेकाले बास्तोला र नेपाल नम्बर एक प्रदीप खड्कालाई टिममा समावेश गरिएको उल्लेख गर्दै संघले सन् २०२५ मा अभिषेकले पर्याप्त आईटीएफमा प्रतिस्पर्धा नगरेकाले उनको वरियता घटेको र प्रत्यक्ष समावेशको मापदण्डमा नपरेको उल्लेख गरेको छ । त्यसपछि अभिषेकलाई वाइल्ड कार्डबाट छनोट खेलमा सहभागी हुने अवसर दिएपनि उनले गुआममा आयोजना आईटीएफको प्रो प्रतियोगितामा सहभागी हुने निर्णय गरेको संघको दाबी छ ।

‘संघले २०२५ अप्रिल २६ मा छनोट खेलको मिति सार्वजनिक गरिसकेको थियो र आईटीएफले तोकेको अन्तिम मनोनयन समयसीमा भएका कारण मिति परिवर्तन सम्भव थिएन ।’ टेनिस संघले विज्ञप्तिमार्फत भनेको छ, ‘एक जना खेलाडीको व्यक्तिगत तालिकाका कारण अन्य सबै खेलाडीलाई असर पार्ने गरी मिति परिवर्तन गर्नु न्यायोचित हुने थिएन ।’

‘अभिषेक बास्तोलाले यो निर्णयबाट असन्तुष्ट हुनु स्वभाविक भएपनि नेपाल टेनिस संघले स्थापित नियमअनुसार पारदर्शी ढंगले निर्णय गरेको थियो । जुन हामी दृढतापूर्वक दोहोर्याउँछौं ।’ संघले भनेको छ ।
अभिषेकले संघविरुद्ध सामाजिक सञ्जालमा गलत आरोप लगाउने बाटो रोजेको उल्लेख गर्दै संघले आफुहरु सधै निष्पक्ष, पारदर्शी र योग्यता आधारित चयन प्रक्रिया अपनाउने प्रतिबद्धता सहित अगाडि बढ्ने बताएको छ ।

Health Tips Ad Road Block