Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सामाजिक सुरक्षा कोष र आइक्यानबीच सम्झौता, सामाजिक सुरक्षा प्रणालीको प्रभावकारी कार्यान्वयन गरिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सामाजिक सुरक्षा कोष र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) बीच सम्झौता भएको छ । दुई संस्थाबीच सामाजिक सुरक्षा प्रणाली कार्यान्वयनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा आइक्यानका कार्यकारी निर्देशक सीए बिमल डंगोल र कोषका कार्यकारी निर्देशक सीए कबिराज अधिकारीले हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार दुवै संस्थाले आपसी सहकार्यमा सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमको प्रवद्र्धन, वित्तीय व्यवस्थापनमा पारदर्शिता, दक्ष जनशक्ति विकास, तालिम तथा जनचेतनामूलक कार्यहरु सञ्चालन गरिनेछ । यसले नेपालमा सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने अपेक्षा गरिएको छ ।

Health Tips Ad Road Block