Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सिन्धुलीको फिक्कल गाउँपालिका उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै (फोटोफिचर)

Citizenlife ad 2082 falgun to baishak 2083

सिन्धुली । सिन्धुलीको फिक्कल उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै गएको छ । पर्यटनको प्रचुर सम्भावना भएर पनि ओझेलमा रहेका क्षेत्रहरुलाई स्थानीय सरकारले प्रवद्र्धन गरेसँगै फिक्कल पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गइरहेको हो ।

महाभारत श्रृङखलामा पर्ने २ हजार ३ सय ८६ मिटर उचाईमा रहेको फिक्कल चुचुरो सिन्धुली जिल्लाकै सर्वोच्च शिखरको रुपमा रहेको छ । मनोरम दृश्यावलोकनका लागि हजारौं स्थानीय लगायत विदेशी पर्यटकहरु अवलोकनको लागि पुग्ने गरेका छन् ।

 

 

उक्त स्थानमा टावर निर्माण पनि गरिएको छ ।

हाल उक्त टावर जाने मुख्य गाउँ चनौटेमा फिक्कल सामूदायिक होमस्टे पनि सन्चालनमा रहेको छ । उक्त गाउँमा स्थानीय जातजातीको भाषाभाषी र झाँकीमा रमाउन र अर्गानिक उत्पादनको परिकारका स्वाद चाख्न पाइन्छ ।

मध्यपहाडी लोकमार्गको सिन्धुली सडक खण्डमा पर्ने फिक्कल गाउँपालिकामा धेरै सम्भावना बोकेको पर्यटनका आकर्षणका केन्द्रहरु रहेका छन् ।

राजधानीबाट नजिक रहेको र पूर्वी नेपालको यात्रामा हुनेहरु फिक्कल क्षेत्रमा घुम्न र रम्न रुचाउँनेहरु धेरै छन् । सिन्धुली जिल्लाको पूर्वोत्तर क्षेत्रका फिक्कल चुचुरोसहित महादेवडाँडा, सुम्नाम पोखरी, खोलागाउँ, खाङसाङ, सोल्पाठाना र रत्नावती क्षेत्रबाट सुन्दर हिमश्रङ्खलाको दृश्यावलोकन गर्न पाइन्छ ।

सुनकोशी नदिले रामेछाप, ओखलढुङ्गा र सिन्धुली जिल्लाको सिमाना छुट्याएको छ भने उक्त नदिमा र्र्याफ्टिङमा रमाउन पनि सकिन्छ भने स्थानीय मानिसहरु माछा मारेर पनि जीविकोपार्जन गरिरहेका छन् । ऐतिहासिक फिक्कल चुचुरोको नामबाट नामाकरण भएको फिक्कल गाउँपालिकाले पर्यटकीय क्षेत्रको पूर्वाधार विकास, प्रचारप्रसार र स्थानीय उत्पादनलाई पर्यटनसँग जोडेर ब्रान्डिङ र बजारीकरण गरिरहेको छ । पर्यटनलाई फिक्कलको समृद्धिको आधारमा रुपमा अघि बढाउने लक्ष्यका साथ सडक, अस्पताल, स्कुलका भवनहरुदेखि विकास पूर्वाधारको काम निरन्तर भईरहेको गाउँपालिका अध्यक्ष पार्वती सुनुवारको भनाई छ ।

फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवार र उपाध्यक्ष राजु बराल नेतृत्वको अनुभवी उर्जाशिल युवा जनप्रतिनिधिले फिक्कलको विकास निर्माण सक्रिय भूमिका खेलिरहेका छन् भने फिक्कलको पर्यटन प्रवद्र्धनका लागि स्थानीय तहकै अगुवाइमा यहाँ बेला बेलामा मेला महोत्सव तथा विभिन्न प्रकारका रोजगारजन्य तालिम तथा प्रशिक्षणका कार्यक्रमहरु भईरहेको जसले स्थानीय युवाहरुलाई स्वरोजगार बन्न सहयोग हुँदै आइरहेको छ ।

स्थानीय तहको पर्यटन प्रवद्र्धन नीतिलाई संघ तथा प्रदेश सरकार र पर्यटनका क्षेत्रमा काम गर्ने निकायहरुले साथ दिने हो भने फिक्कलको राजधानी नजिकको उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने र यहाँको समृद्धिको आधारका रुपमा पर्यटनले भूमिका खेल्ने निश्चित छ ।

तस्विरः प्रदीपराज वन्त

Health Tips Ad Road Block