skip this News Page Tips Ad Road Block

छोटो समयमै बिमल कौशलको गीत लाजको पर्दालाई साढे ११ लाख भ्यूज(भिडियोसहित)

को हुन् बिमल कौशल ? के गर्दछन् उनी ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । गीतकार बिमल कौशलको ‘लाजको पर्दा’ बोलको गीतलाई एक महिना केही दिनमै करिब ११ लाख भ्यूज प्राप्त भएको छ । यो समाचार तयार पार्दासम्म यो अवधिमा गीतलाई ११ लाख ५० हजार २६४ भ्यूज प्राप्त भएको छ । खेम सेञ्चुरी र सुनितामी परियारको स्वर रहेको गीतको भिडिओमा चर्चित अभिनेता पल शाह र मोडेल जुना विश्वकर्माको अभिनय रहेको छ । युनिस घिमिरे, आयुसी कार्की लगायत पनि छन् । गीतमा संगित भने हाकिम सुनारले भरेका हुन् ।

सुनितामी परियार नामक युट्युब च्यानलबाट रिलिज गरिएको गीतको भिडिओलाई विक्रम चौहानले निर्देशन गरेका हुन् ।

को हुन् बिमल कौशल ? के गर्दछन् उनी ?

बिमल कौशलको जन्म अर्घाखाँची जिल्लाको सन्धिखर्क–४ मा भएको हो । उनी अहिले श्रीमतीका साथ भारतको बम्बईमा सेफको रूपमा काम गरिरहेका छन् । कौशलले पछिल्लो समयको गीत लाजको पर्दादेखि विभिन्न आठवटा गीतहरु बजारमा ल्याइसकेको बताएका छन् ।

लाजको पर्दा माया प्रेममा आधारित गीत हो । लाजको पर्दा सामाजिक परिवेशलाई सभ्य तरिकाले दर्शाउने गरी माया प्रेमलाई बाहिर ल्याउन खोजिएको कौशल बताउँछन् । उनका अनुसार अहिले भइरहेका भाइरल गीतहरू जसमा सुन्ने शब्द खासै हुँदैनन् तर लाजको पर्दालाई शब्दमा समेटेर आमाबुबा, दिदीबहिनी सबै बसेर हेर्न र सुन्न सक्ने तरिकाले बजारमा प्रस्तुत गरिएको हो । मानिसमा भएको लाजलाई पर्दामा नै सिमित राखेर त्यो सोचका साथ कौशलले यसलाई शब्दमा उतारेका बढाएका हुन् । यो अवधिसम्म करिब साढे ११ लाखको भ्यूज आउँदा गीतकार त्यति सन्तुष्ट छैनन् तर यसले बिस्तारै सफलता लिँदै जाने आशा गरेका छन् । बाँकी सबै विशेष श्रोता र दर्शकको हातमा रहेको कौशल बताउँछन् । ‘गीतमा १.२ भन्दा बढी कमेन्ट(प्रतिक्रिया)हरू आएका छन् । ती सबै राम्रा कमेन्टहरु छन् । यसको अर्थ ज–जसले हेर्नुभएको छ सबैलाई चित्त बुझेको छ भन्ने लागेको छ ।’ कौशल भन्छन् ।

उनको परिवारमा आमाबुबा, श्रीमती, नानीबाबु छन् श्रीमती र उनीमात्रै भारतमा छन् । आफ्नो सभ्यता, संस्कृतिलाई नभुलेर हाम्रो समाजलाई माथि उठाउनुपर्दछ भन्ने मान्यता कौशलको रहेको छ । भाइरल मात्रै भन्दा पनि समाजमा पाच्य र आफ्नो सभ्यता संस्कृतिलाई जोगाउने हिसाबले लाग्नुपर्ने उनको मत छ । आफ्नो काममा घरपरिवार आमाबुबादेखि समाज राष्ट्रसम्मका मान्छेहरुले राम्रो प्रतिक्रिया दिँदा उनले खुसी व्यक्त गर्दै आफूलाई चित्त बुझेको उनी बताउँछन् । त्यसकारण आफू खुसी रहेको बताउँछन् । गीतमा सोचेजस्तो भएमा अरू नयाँ गीतहरू निकाल्दै जाने गीतकार बताउँछन् ।

Health Tips Ad Road Block