ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

न्यून शुल्कमा गुणस्तरीय शिक्षा लिन कलंकी चोकमा रहेको एडमार्क एकेडेमी उत्कृष्ट !

एडमार्क एकेडेमी भएपछि कहाँ पढ्ने भन्ने दोधारमा अब बस्नुपर्दैन !

काठमाडौं । काठमाडौंको कलंकीमा रहेको एडमार्क एकेडेमी आजभोलि अधिकाँश विद्यार्थीहरुको रोजाईमा पर्न थालेको छ । कलंकी चोकबाट करिब ५० मिटर उत्तरतर्फ रहेको यस एकेडेमीले मध्यमस्तरमा विद्यार्थीहरुलाई पठनपाठन गराएर हरेक वर्ष उत्कृष्ट नतिजा दिँदै आएको छ । एउटै व्यवस्थापन समूहले संचालन गरेको विज्डम इङ्लिस एकेडेमीले यसअघिको एसएलसी र हालको एसइइमा पनि उत्कृष्ट नतिजा दिएको छ । मध्यमस्तरको शुल्क लिएर पनि उत्कृष्ट एवं गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ भन्ने मान्यता बोकेको विज्डम एकेडेमी र एडमार्क एकेडेमीबारे अर्थ प्रणाली डट कमले संयुक्त व्यवस्थापन समूहका प्रधानाध्यापक शिव प्रसाद अधिकारीसँग गरेको कुराकानीको संपादित अंशः

शिव प्रसाद अधिकारी, प्रधानाध्यापक, एडमार्क/विज्डम एकेडेमी

सर्वप्रथम, एडमार्क एकेडेमी के मानेमा उपयुक्त छ ?

एडमार्क एकेडेमी वि.सं. २०५७ सालमा स्थापना भएको हो । २०५७ सालदेखि २०६२ सालसम्म पहिलो व्यवस्थापन समूहले यसको संचालन गर्दै आएको थियो । अर्थात् २०५७ सालमा यमबुद्धका बाबा र काकाहरु क्रमशः अम्बिका प्रसाद अधिकारी र प्रोफेसर डाक्टर कृष्ण अधिकारी मिलेर संचालन गर्नुभएको थियो । वि.सं. २०६२ सालदेखि हालको व्यवस्थापनले एडमार्क एकेडेमी सञ्चालन गर्दै आएको छ । २०६२ सालको श्रीपञ्चमीदेखि एडमार्क एकेडेमी कलंकीमा रहेको छ । यस एडमार्क एकेडेमी अन्तर्गत कक्षा ११ कक्षा १२ ब्याचलर र मास्टर डिग्रीसम्म पाठनपाठन एवं अध्यापन हुने गर्दछ । कक्षा ११ र कक्षा १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायको पढाइ हुने गर्दछ । विज्ञान संकायको बायोलोजी र फिजिक्सको कक्षा दिउँसोको समयमा सञ्चालन हुने गर्दछ । बिहानको समयमा व्यवस्थापन, मानविकी, कानुन विषयको पढाइ हुने गर्दछ । ब्याचलर प्रोग्रामहरू बिबिएस, बीएए, बीएच्डब्लु, आइटीको बिसिए पढाइ हुने गर्दछ । मास्टर डिग्रीमा बिजनेस स्टडिजको कक्षाहरु सञ्चालन भइरहेको छ ।

यो व्यवस्थापनभित्र दुईवटा संस्थाहरु छन् । विद्यालयको नर्सरीदेखि एसइइ अर्थात् कक्षा १० सम्म विज्डम इङ्लिस एकेडेमीको नामबाट पठनपाठन हुने गर्दछ । विज्डम इङ्लिस एकेडेमी र एडमार्क एकेडेमी दुवैको व्यवस्थापन एउटै प्रधानाध्यापक र अध्यक्षबाट हुने गर्दछ । यसरी पठनपाठन सञ्चालित गरिरहेको २० वर्षको अवधिसम्म नै न्यूनतम शुल्कमा मध्यमस्तरका अभिभावकहरूका बालबालिकाहरूलाई पढाएर एकेडेमीले राम्रो नतिजा हासिल गरिरहेको छ । ब्याचलरमा दुईपटक नेपाल टप गर्न एडमार्क एकेडेमी सफल भएको छ । वि.सं. २०७७ साल र २०८० सालमा नेपाल टप गरेको हो ।

प्लस टुमा पनि एडमार्क एकेडेमीको राम्रै नतिजा रहेको छ । प्लस टुमा शत प्रतिशत नतिजा आउन नसके पनि ९०% भन्दा माथि राम्रो नतिजा आइरहेको छ । अहिलेका कतिपय बालबच्चाहरु कक्षा ११ पढ्न आइसक्दा पनि शिक्षाको गुणस्तर राम्रो नभइसकेका कारणले यसो हुन गएको हो । त्यसकारण केही सीमित बालबालिकाहरूमा समस्या देखिँदा शतप्रतिशत नतिजा ल्याउन कठिन देखिएको हो । समग्रमा एडमार्क एकेडेमी र विज्डम इङ्लिस एकेडेमीको नतिजा उत्कृष्ट रहेको छ ।

दुई दशकको दुई एकेडेमी सञ्चालन गरेको अनुभवले नेपालको पठनपाठनमा के–कस्तो देखिन्छ ?

नेपालको शिक्षा प्रणाली सैद्धान्तिकमा बढी गयो तर व्यावहारिक भएन । यसमा शिक्षा नीतिमै केही परिवर्तन गर्नुपर्ने देखिन्छ । विद्यालयदेखि कलेजसम्म पढाउनेहरूले र समाजले पनि जागिर मात्रै खानुपर्दछ सोचाई राखेर बालबालिकाहरुलाई पढायौं । त्यसैकारण बजारमा आउने युवाहरू नेपालमा नबसिरहेका पाइन्छन् । यहाँ जागिर दिने मान्छे उत्पादन भएन । जागिर खानेहरू मात्रै उत्पादन गरेको कारणले अहिले पलायनको अवस्था आएको जस्तो लाग्दछ । तसर्थ हाम्रो शिक्षा जीवनमुखी, व्यावहारिक र अरुलाई पनि रोजगारी दिनसक्ने किसिमको हुनुपर्दछ । सरकारले पनि जागिर दिन सक्ने हिसाबको काम गर्ने वातावरण बनाइदिनुपर्दछ । यस्तो वातावरण भएमा कक्षा १२ पढेर विदेश गइहाल्ने अहिलेको प्रवृत्ति केही हदसम्म भएपनि नियन्त्रण हुन सक्दछ ।

त्यसरी नीति अगाडि बढाउन हामी सक्षम छौँ ?

छौं । किन नहुनु ? आज हामी धेरै नकारात्मक कुरा गर्दछौं । मातृभूमिलाई गाली गर्ने काम मात्रै भइरहेको छ । नसक्ने कुरै छैन । राज्य बलियो हुनुपर्यो र राज्यले वातावरण बनाउनुपर्ने हुन्छ । बाहिर खुलेर नआए पनि अहिले कुनै पनि संस्थामा काम गर्ने वातावरण छैन । अप्रत्यक्ष रूपमा तर्साउने, धम्क्याउने, थर्काउने समूहहरू विद्यालय, कलेजदेखि विभिन्न संघ,संस्थामा आइरहेका छन् । त्यसले विद्यालय, कलेज र अरु औद्योगिक संस्थाहरू चलाउन अप्ठ्यारो परिरहेको छ । जबसम्म राम्रो कार्यक्रम ल्याएर युवाहरूलाई बाहिर जानबाट रोक्न सकिन्न तबसम्म जति जे गरे पनि हाम्रो अवस्था राम्रो हुने देखिँदैन ।

व्यावहारिक शिक्षा दिनुपर्यो भने एडमार्क एकेडेमी सक्षम छ ?

यदि वातावरण राम्रो भयो भने व्यावहारिक शिक्षा दिन एडमार्क एकेडेमी सक्षम छ । सरकारले वातावरण बनाइदिनुपर्यो । सुरक्षा हुनुपर्यो ।

एडमार्क एकेडेमी र विज्डम एकेडेमीमै किन आउने ?

यो स्टेबल छ अर्थात् स्थिर छ । यहाँको व्यवस्थापनमा परिवर्तन भएको छैन । विगत ४० वर्षदेखि शैक्षिक क्षेत्रमा लागेका प्रधानाध्यापकले यो एडमार्क एकेडेमीलाई नेतृत्व दिइरहेका छन् । यहाँका शिक्षण शुल्कहरु मध्यम स्तरका छन् । शिक्षामा गुणस्तर छ । यहाँका शिक्षकहरूले स्वयं आफ्ना बाबु नानीहरूलाई नै यहीँ पढाएर डाक्टर, इन्जिनियरदेखि राम्रो राम्रो मानिसहरु उत्पादन गर्नुभएको छ । स्थानको हिसाबले पनि यो केन्द्र भागमा रहेको छ । शिक्षाको महत्व बुझेका अध्यक्ष एवं अन्य व्यक्तिहरूले सञ्चालन गर्नुभएको हुनाले अहिलेको जेन्जी जेनेरेसनलाई चाहिने सबै विषयहरू हामीसँग छ । त्यसकारणले यहाँ नआउनुपर्ने कुनै कारण छैन । बढी पैसा तिरेर मात्रै राम्रो पढाइ हुन्छ भन्ने मान्यतामा हामी छैनौँ । मध्यमस्तरको शुल्क लिएर पनि राम्रो गुणस्तरीय शिक्षा दिएका छौं ।

आजसम्म कति विद्यार्थीहरू उत्पादन भए ?

विज्डम इङ्लिस एकेडेमी र एडमार्क एकेडेमीले बीस वर्षकाे अवधिमा लाखौं विद्यार्थी उत्पादन गरिसकेको छ । मेरो ४० वर्षको अनुभवमा याे  दुई लाखभन्दा माथि उत्पादन भइसकेको छ ।

१२ कक्षा पढेपछि नेपाल बस्ने प्रवृत्ति हराउँदै गएकोले कलेजहरूलाई कतिको समस्या परेको छ ?

यसले व्यापक समस्या परेको छ । आज धेरै कलेजहरू रित्तै छन् । कतिपय बन्द हुनुपर्ने अवस्थामा पुगिसकेका छन् । समस्या मात्रै होइन कि व्यापक समस्या भइसकेको छ ।

अब यो पलायन रोक्न के गर्ने ?

यहाँ पूर्वाधार बनाएर, सरकारले सुरक्षाको अनुभूति दिएर, वातावरण बनाउनुपर्दछ । धेरै अप्रत्यक्ष कुराहरू पनि छन् । शिक्षा प्रणालीमा जागिर खाने मात्रै जुन प्रवृत्ति छ त्यसमा सुधार गर्नुपर्दछ । कामलाई वर्गीकरण गरेर भविष्यमा पढेपछि डाक्टर, इन्जिनियर बन्नुपर्ने सरकारी जागिर खाएर नचाहिने काम गर्नुपर्ने भन्ने खालको शिक्षाले नै यो समस्या ल्याएको हो । त्यसलाई परिवर्तन गर्न सकिन्छ र परिवर्तन गरेर जानुपर्दछ ।

हालैको एसइइको रिजल्टको समीक्षा गदाए कस्तो रह्यो ?

विज्डम इङ्लिस एकेडेमीबाट ५७ जना विद्यार्थीहरूले एसइइको परीक्षा दिएका थिए । त्यसमा ५० जनाको ३.६१ भन्दा माथि आएको छ । बाँकी रहेका ७ जनाको ३.२८ देखि ३.६ को बीचमा छ ।

हामीले मध्यमखालका अभिभावकको बालबालिकाहरूलाई लिएर यो नतिजा प्राप्त हुनु सन्तोषजनक नै छ । यसलाई विगतका वर्षहरूसँग तुलना गर्दा विगतको भन्दा उत्कृष्ट नतिजा हो । अन्तिममा मध्यमस्तरको शुल्क र गुणस्तरीय शिक्षाको लागि २० वर्षदेखि विज्डम एकेडेमी र एडमार्क एकेडेमी कलंकीमा चलिरहेको छ । यसको व्यवस्थापन समूह स्थिर छ । मेहनती शिक्षकहरू हुनुहुन्छ । त्यसकारणले एसइइ पास गर्नुहुने विद्यार्थी भाइबहिनीहरूलाई एकचोटि कलङ्की चोकबाट स्वयम्भूतिर जाने बाटोमा लगभग ५० मिटर जति उत्तरतिर गइसके पछाडि एडमार्क एकेडेमी आउँछ । एकेडेमीमा एकपटक भ्रमण गरेर यहाँका बारेमा बुझ्न म सबैलाई अनुरोध गर्दछु ।

(अधिकारी एडमार्क र विज्डम एकेडेमीको संस्थापक प्राचार्य हुन् । अधिकारी धादिङको व्यक्ति भएको हुनाले धादिङको गल्छीमा रहेको सक्सेस एकेडेमीका संस्थापक अध्यक्ष र धादिङमा रहेको सामुदायिक कलेज धादिङ बहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष हुन् । त्यस्तै अधिकारी काठमाडौं जिल्ला हिसानको निवर्तमान अध्यक्ष हुन् ।)

Health Tips Ad Road Block