Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

देशका १२ जिल्लामा आज र भोलि भारी वर्षा हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज र भोलि देशका विभिन्न १२ जिल्लामा भारी वर्षा हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका विभिन्न १२ जिल्लामा आइतबार र सोमबार भारी वर्षाको उच्च जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणका प्रवक्ता सुरेश सुनारले जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम नेपालका विभिन्न क्षेत्रमा अति भारीसम्म वर्षा हुनसक्ने भनी विशेष बुलेटिन जारी गरिसकेको र सो आधारमा ती १२ जिल्ला बढी जोखिममा रहेको जानकारी दिएका हुन् ।

प्राधिकरणका अनुसार सुदूरपश्चिम प्रदेशको बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर, कर्णाली प्रदेशको सुर्खेत, दैलेख र सल्यान, लुम्बिनी प्रदेशको बाँके, बर्दिया र दाङमा भारी वर्षाको जोखिम छ । अन्य प्रदेशका उच्च पहाडी क्षेत्रका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।

Health Tips Ad Road Block