Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

काठमाडौंका धारामा पानी आउन छाड्यो, सरकारी नारा र व्यवहारमा फरक

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । वर्षैभरी नै काठमाडौं उपत्यकामा मेलम्चीको पानी ल्याउने उद्घोष गरेको सरकारले मेलम्चीको पानी धारामा आउन छाडेपछि सरकारी नारालाई गिज्याउन थालेकाे छ । सरकारी निकायले गरेको प्रतिबद्धताअनुरुप काठमाडौंमा पानी आएको छैन । कतिपय स्थानमा हप्तौंदेखि नै पानी आएको छैन ।

ललितपुरको बगलामुखी, सानेपा, झम्सिखेल, बखुन्डोल लगायत क्षेत्रमा डेढ हप्ताभन्दा बढी समयदेखि पानी नआएकाे उपभोक्ताको गुनासो छ भने काठमाडौंको तीनकुने, बत्तिसपुतली, कोटेश्वरको सुविधानगर, नरेफाँट, जडीबुटी क्षेत्रमा पानी नआएको पनि हप्तौं भइसकेको छ । उपभोक्ताले धेरै दिनदेखि मेलम्चीकाे पानी नआएका कारण कतिपयले ट्याँकरको पानी किनिरहेको बताएका छन् ।

मेलम्ची खानेपानी विकास समितिले भने बर्खाको बेला पानी धमिलो भएका कारण केही समस्या आएको स्विकार गरेको छ । पहिलेकै तुलनामा बर्खामा पानी पठाउन नसक्ने समितिको संकेत छ ।

Health Tips Ad Road Block