ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

बर्खाको जोखिम विश्लेषण गरी सुरक्षित यातायात सञ्चालनको व्यवस्था मिलाउन सरकारको निर्देशन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । बर्खाको जोखिम विश्लेषण गरी सुरक्षित यातायात सञ्चालनको व्यवस्था मिलाउन सरकारले सम्बन्धीत निकायलाई निर्देशन दिएको छ । भौतिक पूर्वाधार तथा पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मनसुन सक्रिय हुन थालेकाले यातायात आवागमनलाई सुरक्षित बनाउन निर्देशन दिएका हुन् । मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक डा. विजय जैशी लगायतका अधिकारीलाई उनले जोखिमयुक्त क्षेत्रहरुमा विशेष सतर्कता अपनाउन समेत निर्देशन दिए । ‘सके सम्म यातायात अवरुद्ध हुन नदिने व्यवस्था मिलाउँ’ मन्त्री दाहालले भने, ‘जोखिम रहेका क्षेत्रहरुमा यन्त्र, उपकरण र आवश्यकता अनुसारको जनशक्ति तैनाथ गरेर राख्नु पर्यो ।’

प्रहरी, प्रशासन तथा सुरक्षाका अन्य निकायहरुसँग समेत दर्विलो समन्व्य गरि सडक तथा यातायात क्षेत्रलाई नियमित, चुस्त र सुरक्षित बनाउन उनको निर्देशन छ । बढी जोखिम रहेका स्थानहरुमा ट्राफिक प्रहरीसँग समन्वय गरि सुरक्षित रुपमा सवारी साधन आवागमनको व्यवस्था मिलाउन मन्त्री दाहालले भनेका छन् । यस्तै मनसुनी चुनौती तथा सम्भावित जोखिमबारे सर्वसाधारणमा जानकारी पुग्ने व्यवस्था मिलाउन समेत उनले निर्देशन दिएका छन् ।

मन्त्रालयका सचिव शर्माका अनुसार जोखिम स्थानहरुमा सडक विभागमार्फत आवश्यक उपकरणहरु परिचालन गरि सकिएको छ । यस्तै सुरक्षा निकायहरुसँग समेत समन्वय गरि यातायातलाई सुरक्षित बनाउने गरि समन्वयको काम समेत भई रहेको उनले जनाए । पहिरो जाने, पानी जम्ने, बाढी आउने लगायतका सम्भावित स्थानहरुको पहिचान गरी ति स्थानहरुमा प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरि आवश्यकता र अवस्था अनुसार सवारी साधन सञ्चालनको समय समेत निर्धारण गरी सुरक्षित बनाउने प्रयास गरिएको उनले जानकारी दिए ।

सडक विभागका महानिर्देशक डा.जैशीले बीपी राजमार्ग, अरनिको राजमार्ग, पृथ्वी राजपथ, निर्माणाधिन दाउन्ने खण्ड लगायतका स्थानहरुमा विशेष सतर्कतासहित औजार, उपकरण र जनशक्ति परिचालन गरिएको बताए । यस्तै काठमाडौं उपत्यका भित्रका पानी जम्ने स्थानहरुको सरसफाई गरिएको, राजमार्ग र करिडोरहरुमा समेत सतर्कताका साथ उपकरणहरु तयारी अवस्थामा राखिएको उनले बताए । प्रशासन, ट्राफिक प्रहरी र अन्य सुरक्षा निकायहरुसँग नियमित समन्वय भई रहेको भन्दै महानिर्देशक शर्माले यातायातलाई सुरक्षित बनाउने कार्यमा सबै क्षेत्रको सहयोग आवश्यक रहने बताए ।

Health Tips Ad Road Block