Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

प्रभु बैंक र छिमेक लघुवित्तकाे संस्थापक शेयर बिक्री खुल्ला

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्रभु बैंक लिमिटेड र छिमेक लधुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री खुल्ला गरेको छ । प्रभु बैंक लिमिटेडको ९,८८२ कित्ता शेयर र छिमेक लधुवित्त वित्तीय संस्थाको २,४४,४८० कित्ता शेयर बिक्रीका लागि मंगलबारबाट सिलबन्दी बोलपत्र खुला गरेको हो ।

कम्पनीले बोलकबोल माध्यमबाट प्रभु बैंक लिमिटेडको शेयरको न्यूनतम मूल्य प्रति कित्ता रु. १०० र छिमेक लधुवित्त वित्तीय संस्थाको लागि शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रु. ३९० तोकेको छ ।

शेयर खरिदका लागि बोलकबोल गर्दा प्रभु बैंक लिमिटेडको न्यूनतम १,००० कित्ताको लागि र छिमेक लधुवित्त वित्तिय संस्थाको लागि न्यूनतम ५०,००० कित्ताको लागि आवेदन दिनुपर्ने छ ।

आवेदन आगामी असार १० गते भित्र बिक्री प्रबन्धक रहेको मुक्तिनाथ क्यापिटल लिमिटेडमा पेश गर्न सकिने छ । शेयर खरिद गर्न इच्छुक बोलपत्रदाताले अथवा संघसंस्था ,कम्पनी भएमा दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, शेयर खरिद गर्ने सम्बन्धमा सो संस्थाको संचालक समितिको निर्णयको प्रतिलिपि र विगत २ आर्थिक वर्षदेखि संस्था मुनाफामा रहेको प्रमाणित गर्ने कागजात समेत आवेदन फारमका साथ संलग्न गर्नुपर्ने कम्पनीले जनाएको छ ।

Health Tips Ad Road Block