ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

विश्वभरका पर्यटन व्यवसायीलाई नेपालसँग जोडिन आग्रह

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । हङकङ– नेपाल पर्यटन बोर्डले विश्वभरका पर्यटन व्यवसायीहरूलाई नेपालसँग जोडिन आग्रह गरेको छ। बिहीवारदेखि हङकङ कन्भेन्सन र प्रदर्शनी केन्द्रमा सुरु भएको अन्तर्राष्ट्रिय यात्रा प्रदर्शनी (आईटीई) हङकङ–२०२५ मा बोर्डका वरिष्ठ प्रबन्धक उदय भट्टराईले विश्वव्यापी पर्यटन व्यापार समुदायलाई नेपालसँग जोडिन र यसको अतुलनीय पर्यटन सम्भावनाहरू अवलोकन गर्न निम्तो दिएका हुन्। वरिष्ठ प्रबन्धक भट्टराईले नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रस्तुतीकरणसमेत गरेका थिए ।

१५ जुन सम्म जारी रहने प्रदर्शनीमा बोर्डले नेपालको प्याभिलियन राखेर हङकङ र क्षेत्रीय पर्यटन बजारमा नेपाली गन्तव्यहरूको बजारीकरण र प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

नेपाली प्याभिलियनमा प्राचीन सम्पदा, हिमाली शिखर, दुर्लभ वन्यजन्तु, सांस्कृतिक अनुभव र साहसिक गतिविधिहरुलाई आकर्षक रुपमा प्रस्तुत गरिरहेको
छ।

नेपाली प्याभिलियनमा हङकङका लागि महावाणिज्यदूत डा. विन्देश्वर प्रसाद लेखकले भ्रमण गरेका थिए। बोर्ड र सहभागी कम्पनीहरूको प्रयासको प्रशंसा
गर्दै आईटीई २०२५ मा प्रचारका अवसरहरूलाई अधिकतम उपयोग गर्न उनले प्रोत्साहन गरे।

नेपाल प्याभिलियनमा हिमालयन क्लब टुर्स एण्ड ट्राभल, पर्ल हलिडेज प्रालि,अल्पाइन क्लब अफ हिमालयन, कनेक्ट माइस प्रालि,नर्थ नेपाल ट्राभल एण्ड ट्रेक प्रालि, सातोरी एड्भेन्चर्स प्रालि, जुगल हलिडेज प्रालि र क्यान्टन इन्टरनेशनल ट्राभल सर्भिस नेपाल प्रालि सहभागी छन् ।

बोर्डले विश्वका विभिन्न मुलुकमा पुगेर नेपालका सांस्कृतिक सम्पदा, हिमाली दृश्य र रोमाञ्चक साहसिक गतिविधि प्रदर्शन गरिरहेको छ। यस्ता गतिविधिले
नेपालको पर्यटन प्रवर्द्धन र विदेशी मुद्राको आर्जनमा राष्ट्रलाई टेवा पुर्याउने विश्वास लिएको बोर्डको विज्ञप्तिमा उल्लेख छ।

Health Tips Ad Road Block