ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

वैदेशिक रोजगार व्यवसायी संघद्धारा सिण्डिकेटविरुद्ध मलेसिया सरकारको ध्यानाकर्षण

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले भइरहेको सिन्डिकेटविरूद्व मलेसिया सरकारको ध्यानाकर्षण गराएको छ । संघले नेपालस्थित मलेसिया दूतावासका प्रमुख मोहम्मद फिर्दोस बिन अजमानसँग भेट गरी ध्यानाकर्षण गराएको संघका महासचिव महेश कुमार बस्नेतले जानकारी दिए ।

भेटमा दूतावास प्रमुखले अजमानले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने र सिमित व्यक्तिहरुको पक्षपोषण गरी क्षेत्र नै नकारात्मक असर पार्ने एकाधिकारको पक्षमा दूतावास नरहेको र त्यस्तो हुन नदिने बताएका थिए । उनले तत्काल मलेसियन सरकार समक्ष संघको आधिकारिक धारणा पठाउने प्रतिबद्वता समेत जनाएको बस्नेतले बताएका छन् ।

साथै दूतावासले दिने अन्य सेवाहरु र गर्ने सम्पूर्ण नियमित कामहरु अझ छिटो, छरितो र चुष्तदुरुस्त गराउने आश्वासनसमेत उनले दिएको महासचिव बस्नेतले जानकारी दिएका छन् ।

Health Tips Ad Road Block