skip this News Page Tips Ad Road Block

नेपाल डेरी एसोसिएसन सम्मानित

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । रैथाने एग्रि प्रडक्टस् नेपालको आयोजनामा नेपाल डेरी एसोसिएसन बीच भएको सम्झौता बमोजिम गाउँको उत्पादन शहरमा, रैथाने खाना घरघरमा भन्ने उद्देश्यका साथ काठमाडौंको दरबारमार्गको ओरेन्ट क्याफेमा प्रत्येक हप्ताको शनिवार सञ्चालित रैथाने कृषि हाटबजार सञ्चालनको १०० औं हप्ता पुगेको छ । यस अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका माननीय कृषि मन्त्री रामनाथ अधिकारीबाट कृषि हाट बजार मेलामा हरेक हप्ता निःशुल्क मोही सेवन गराई मोहीको मौलिकता, बजारीकरण तथा प्रबर्द्धनमा नेपाल डेरी एसोसिएसनले प्रत्यक्षरुपमा पुर्‍याएको योगदानको उच्च मुल्याङ्कन गर्दै एसोसिएसनलाई केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालमार्फत विशेष सम्मान गरिएको छ ।

नेपालीहरुको मौलिक खाद्य पेय पदार्थको रुपमा रहेको मोहीको मौलिक उपभोगमा जनचेतनाको अभिवृद्धि गर्दै यसको फाइदाका बारेमा भोलिका दिनहरुमा समेत निरन्तर अभियन सञ्चालन गर्ने कुरा सम्मानित दाहालले कार्यक्रममा बोल्दै भने ।

विगत २ वर्षदेखि सञ्चालनमा आएको यस कृषि हाट बजारले रैथाने कृषि उत्पादनमा बढवा र उपभोक्ताहरुमा स्थानीय कृषि उत्पादन उपभोगमा सहयोग र प्रबर्द्धन गरेको कुरा कार्यक्रममा बोल्दै प्रमुख अतिथि कृषि मन्त्रीले बताए ।

मोफसल क्षेत्रको कृषि उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यका साथ सञ्चालित यस कृषि हाट मेलाले राजधानीका उपभोक्ताहरुलाई स्थानीय रैथाने कृषि उपजको सरल सहज उपलब्धतामा पहुँच पुर्‍याएको कुरा अर्का मोही अभियान्ता एवं नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टीका प्रसाद घिमिरेले बताए ।

Health Tips Ad Road Block