skip this News Page Tips Ad Road Block

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

Citizenlife ad 2082 falgun to baishak 2083

क्रेष्ट । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा शुक्रबार कम्पनीको रजिस्टर्ड कार्यालय, सुर्खेतमा सफलतापूर्वक सम्पन्न भएको छ । सभाको सुरुमै प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठले स्वागत मन्तव्यसँगै संस्थाको हालको प्रगति तथा भावी योजनाहरूको संक्षिप्त जानकारी दिएका थिए । यता संचालक समितिका अध्यक्ष ऋषिराज मोरले कम्पनीको दोस्रो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सभाबाट विभिन्न महत्वपूर्ण प्रस्तावहरू सर्वसम्मतरूपमा पारित गरिएका छन् । संचालक समितिको प्रतिवेदनमाथि सभामा उपस्थित शेयरधनीहरुले सकारात्मक अभिव्यक्ति दिँदै प्रतिवेदनलाई सर्वसम्मतरूपमा पारित गरिएको छ । त्यसै गरीलेखापरिक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको वासलात, आव २०८०/०८१ को नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरूलाई छलफल पश्चात सर्वसम्मत रूपमा पारित गरिएको छ ।

आर्थिक वर्ष २०८१/०८२ का लागि बाह्य लेखापरिक्षकको रुपमा जेएन उपाध्याय एण्ड कम्पनीलाई नियुक्त गर्ने निर्णय समेत सभाबाट पारित गरिएको छ । त्यस्तै, सभाले समूह “ख” अन्तर्गत सर्वसाधारण शेयरधनीहरूको तर्फबाट संचालकमा ईश्वर लाल श्रेष्ठ र सुनिता महर्जनलाई निर्विरोध निर्वाचित गरेको छ ।

सभाको समापन गर्दै अध्यक्ष ऋषिराज मोरले नव निर्वाचित संचालकलाई बधाई दिँदै उपस्थित सम्पूर्ण शेयरधनी, नियामक निकायका प्रतिनिधि तथा अतिथिहरूप्रति आभार व्यक्त गरेका थिए । उनले कम्पनीको भविष्यतर्फ केन्द्रित रणनीतिहरू र संस्थागत सुशासनमा प्रतिबद्धता दोहोर्यारएका थिए ।

Health Tips Ad Road Block