काठमाडौं । यातायात व्यवसायीले आफ्ना सबै आन्दोलन स्थगन गरेपछि सडकमा सार्वजनिक यातायात सञ्चालन हुन थालेको छ । गण्डकी प्रदेश सरकारले एक महिनाका लागि राइड सेयरिङ नियमावली स्थगन गर्ने निर्णय गरेसँगै व्यवसायीले पनि आन्दोलनका सबै कार्यक्रम स्थगित गरेपछि सडकमा गाडी गुड्न थालेको हो ।
यस विषयमा सोमबार नै सरकार र यातायात व्यवसायीबीच मध्यरातमा सहमति भएको थियो । सहमति भए पनि मंगलबार सार्वजनिक यातायात नचल्दा सर्वसाधारणले सास्ती खेप्नु परेको थियो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले आन्दोलनका कार्यक्रम स्थगित भएको जानकारी दिंदै आन्दोलनका कार्यक्रम स्थगनपछि सार्वजनिक यातायात सहज रूपमा चल्ने जानकारी दिएका छन् ।






















