skip this News Page Tips Ad Road Block

संस्कृति मास्न सरकार नै उद्धत रहेको सस्कृतिविद्को गुनासो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । संस्कृतिविद्हरुले संस्कार र संस्कृति मास्न सरकार नै उद्धत रहेको आरोप लगाएका छन् । पं‍ नवराज पौडेलको १०५ औं जन्मजयन्तीको अवसरमा पं‍ नवराज शारदा स्मृति समाजले आयोजना गरेको ‘सामाजिक संस्कार, संस्कृति’विषयक कार्यक्रमका वक्ताहरुले संस्कृति संरक्षण गर्नभन्दा मास्न सरकार नै सक्रिय रहेको बताएका हुन्।

उनीहरुले हाम्रा चलिरहेका संस्कार, संस्कृति कर्मकाण्ड, परम्परालाई समयसापेक्ष र परिस्कृत बनाउँदै लैजानुपर्ने बताए । ‘हाल चलिरहेको विधि विधान निकै वैज्ञानिक छ,’ उनीहरुले भने।

कार्यक्रममा सहप्राध्यापक डा‍ बिनुवाबा अर्याल, सस्कृतिविद् वेद प्रसाद पन्त, डा‍बद्री पोखरेल, हरिहर प्रदीप घिमिरेले धर्म र संस्कारले विज्ञान, विधि र विज्ञ जन्माउने भन्दै यसलाई सकारात्मकरुपमा ग्रहण गर्नुपर्ने बताए। ‘पछिल्लो पुस्ताले संस्कार र संस्कृति भुल्दै गएको छ,’ उनले भने, ‘शिक्षा नीतिले संस्कार र संस्कृतिप्रति पुरै उपेक्षा गरेको शिक्षा नीतिमा सुधार गर्नुपर्छ ।’

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का अध्यक्ष सरोज ढकालले जन्मदेखि मुत्युसम्मका संस्कारहरु समयसापेक्षरुपमा सुधार गर्न बहस चलाउनुपर्ने बताए । ‘अग्रजहरुले अगुवाई गरेर समयसापेक्ष रुपमा सुधार गर्नुपर्छ,’ उनले भने ।

कार्यक्रमा समाजका अध्यक्ष निर्मलराज पौडेलले संस्थाले यस विषयमा निरन्तर बहस र छलफल सञ्चालन गर्ने जानकारी दिए ।

Health Tips Ad Road Block