ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

स्वास्थ्यमन्त्री ब्लूम्बर्ग पुरस्कारबाट अभियन्ता र पत्रकारसहित ७ जना पुरस्कृत

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । स्वास्थ्यमन्त्री ब्लूम्बर्ग पुरस्कारबाट अभियन्ता र पत्रकारसहित ७ जना पुरस्कृत भएका छन् । विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागअन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रले एक कार्यक्रम गरी ७ जनालाई पुरस्कृत गरेको हो ।

सुर्तीजन्य पदार्थको आयात, उत्पादन, विक्री वितरण तथा सेवन गर्ने कार्य न्यूनिकरण, नियन्त्रण तथा नियमन गर्ने कार्यमा योगदान पुर्याउने व्यक्ति र संस्थाहरुलाई स्वास्थ्यमन्त्री प्रदीप पाैडेल, स्वास्थ्य सचिव डा.विकास देवकोटा लगायतको उपस्थितिमा उनीहरुलाई नगद ५० हजार र प्रमाणपत्रले सम्मानित गरिएको हो ।

यसरी पुरस्कृत हुनेहरुमा क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रूद्र कडरिया, भाइटल स्ट्राटेजी दक्षिण पूर्वी एसियाका निर्देशक डा.तारासिंह बम, अनुसन्धानकर्ता लक्ष्मीनारायण देव, हेल्थ टिभी अनलाइनकी सम्पादक कल्पना आचार्य, मेडिकल पत्र डटकमका सम्पादक बुद्धि कटेल, नेपाली हेल्थ डटकमका सम्पादक राम प्रसाद न्यौपाने र अनलाइनखबर डटकमका पत्रकार पुष्पराज चौलागाईँ रहेका छन् ।

Health Tips Ad Road Block