ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

३२ हजार ४ सय अमेरिकी डलरसहित चिनियाँ नागरिक एयरपोर्टबाट पक्राउ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । ३२ हजार ४ सय अमेरिकी डलरसहित चिनियाँ नागरिक एयरपोर्टबाट पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाबाट अवैधरूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर ३२ हजार ४ सयसहित चिनियाँ नागरिक ३२ वर्षीय सायोजुन लिउ पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार एयर चाइनाको उडानद्वारा काठमाडौंबाट चीन जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको साथमा रहेको ब्यागबाट उक्त अमेरिकी डलर फेला पारी पक्राउ गरिएको हो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

Health Tips Ad Road Block