skip this News Page Tips Ad Road Block

बजेटले अटोमोवाइल क्षेत्रको वर्षौंदेखिको माग सम्बोधन गर्योः नाडा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आर्थिक वर्ष २०८२/०८३ को बजेट अटोमोवाइल मैत्री आएको प्रतिक्रिया दिएको छ । बजेटले नेपालको अटोमोवाइल क्षेत्रको बर्षौंदेखिको माग र आवाजलाई समेटेको नाडाको धारणा रहेको छ ।

नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील एवं चलायमान बनाउन नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले विभिन्न मितिमा नेपाल सरकारका मन्त्रालय एवं विभागहरुमा विभिन्न नीतिगत सुझावहरु एवं सल्लाहहरु दिएको र नाडाको नीतिगत सुझावहरुलाई मननगरी आगामी आर्थिक वर्षको बजेट आएको नाडाले स्पष्ट पारेको छ ।

‘यो बजेट व्यवसायमैत्री रहेको छ । यस बजेटले उद्यमी र व्यवसायीहरुलाई प्रोत्साहित मात्र गरेको छैन अपितु यसले नेपालको अर्थतन्त्रलाई समेत चलायमान बनाउने छ भन्ने गहिरो आशा राख्दै अब हामीले आउँदो मौद्रिक नीति समेत यसै अनुरुप आउने अपेक्षा राखेका छौं ।’ नाडाले भनेको छ ।

नेपाल सरकारले नाडाको आवाजलाई बजेटमार्फत सम्बोधन गरेकोप्रति धन्यवाद प्रकट गरेको छ ।

Health Tips Ad Road Block