skip this News Page Tips Ad Road Block

एमएडब्लू वृद्धि स्पीड चार्जर्सले जोमसोममा स्थापना गर्योे सबैभन्दा उच्च स्थानमा रहेको पहिलो सीसीएस २ ईभी चार्जिङ स्टेसन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । एमएडब्लू वृद्धि स्पीड चार्जर्सले नेपालको इतिहासमा नयाँ कीर्तिमान बनाएको छ। कम्पनीले जोमसोममा सीसीएस२ इलेक्ट्रिक गाडी ईभी चार्जिङ स्टेसन उद्घाटन गरेको छ, जुन अब उच्च भूभागमा रहेका चार्जिङ स्टेसनहरूमा समावेश भएको छ। यो उपलब्धिले दुर्गम र कठिन भौगोलिक स्थानहरूमा पनि ईभी पूर्वाधार विकासमा कम्पनीको महत्वपूर्ण भूमिका पुष्टि गरेको कम्पनीको भनाइ छ।

जोमसोममा स्थापना गरिएको चार्जिङ स्टेसन केवल इन्जिनियरिङ उपलब्धि मात्र नभई, नेपालमा विद्युतीय सवारी साधन ईभी विकासको सुरुवाती कदम पनि हो। अब यस्तो उच्च स्थानसम्म सीसीएस२ चार्जिङ सुविधा पुगेकाले ईभी प्रयोगकर्ताहरूले सुरक्षित रूपमा यात्रा गर्न र ग्रिनर नेपाल निर्माणमा योगदान दिन सक्ने कम्पनीको भनाइ छ ।

एमएडब्लू वृद्धिले हाल नेपालभर ११६ स्थानमा रणनीतिक रूपमा राखिएका सीसीएस२ चार्जिङ स्टेसनहरू सञ्चालनमा ल्याएको छ, जसले शहरभित्र मात्र होइन, जोमसोमजस्ता टाढाका ठाउँहरूमा पनि ईभी प्रयोगकर्ताहरूका लागि भरपर्दो सेवा सुनिश्चित गर्ने कम्पनीको दाबी छ।

‘यस पहलले ईभी पूर्वाधार सुदृढ गर्नुका साथै जोमसोमजस्तो लोकप्रिय पर्यटकीय गन्तव्यमा दिगो पर्यटनलाई पनि प्रवर्द्धन गर्छ। जोमसोम नेपालको धेरै यात्रा गरिने ठाउँहरू मध्ये एक हो, जहाँ स्वदेशी र विदेशी पर्यटकहरूको भीड लाग्ने गर्दछ। पर्यावरणप्रेमी यात्रुहरूका लागि वातावरणमैत्री यात्रालाई सहज बनाउने दिशामा यो चार्जिङ स्टेशनको स्थापना एक ठूलो कदम हो।’ कम्पनीले भनेको छ ।

समग्रमा, इनोभेसन र डिटरमिनेसको उत्कृष्ट समिश्रण देखिने यो उपलब्धिले ईभी प्रयोगकर्ता, वातावरणप्रेमी र सरकारी नीति निर्माताहरूबीच ठूलो विश्वास बढाउने कम्पनीले बताएको छ। साथै, एमएडब्लू वृद्धि स्पीड चार्जरको जहाँसुकै, जोकोहीका लागि सफा यातायात सम्भव गराउने सपनालाई अझ सहज बनाउने बताइएको छ।

Health Tips Ad Road Block