Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल

युनेस्को प्रमुख याको डु टुइट र पर्यटनमन्त्री पाण्डेबीच भेटवार्ता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे र नेपालका लागि युनेस्कोका प्रमुख तथा आवासीय प्रतिनिधि याको डु टुइटबीच लुम्बिनीसम्बन्धी महत्वपूर्ण छलफल सम्पन्न भएको छ। पयृटन मन्त्रालयमा बिहीबार भएको भेटवार्ताको मुख्य उद्देश्य युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई खतराको सूचीमा नराख्ने उपायहरूबारे गहन छलफल भएको हो ।

मन्त्री पाण्डेले युनेस्कोका मापदण्डअनुसार लुम्बिनीमा विभिन्न सुधारात्मक कामहरू भइरहेको जानकारी गराउँदै, सरकारले तयार पारेको कार्ययोजना (एक्सन प्लान) कार्यान्वयनमा रहेको बताए । साथै लुम्बिनीलाई स्थायी रूपमा खतराको सूचीमा नपार्ने रणनीति निर्माणका लागि युनेस्कोसँग प्राविधिक र संस्थागत सहयोग आवश्यक रहेको धारणा राखे ।

युनेस्को प्रमुख डु टुइटले संस्थाको तर्फबाट पूर्ण सहयोगको प्रतिबद्धता जनाउँदै हालै सम्पन्न अन्तर्राष्ट्रिय वैज्ञानिक समितिको बैठकमा पनि लुम्बिनीसहित काठमाडौंका विषयमा सकारात्मक छलफल भएकोमा सन्तोष व्यक्त गरे ।

भेटका क्रममा मन्त्री पाण्डेले कपिलवस्तुको तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सुचिकृत तथा अन्य सम्भावित सम्पदाहरूलाई युनेस्कोको प्रारम्भिक सूचीमा समावेश गराउने विषयमा सहयोगको आग्रह गरे । साथै लुम्बिनीको दीर्घकालीन प्रवर्द्धनका लागि संयुक्त राष्ट्रसंघअन्तर्गत १६ राष्ट्र सम्मिलित समितिको हालसम्मको प्रगतिको जानकारी समेत गराए ।

Health Tips Ad Road Block