ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

पारदिर्शतामार्फत सुशासन कायम गर्न पनि सूचनाको हक आवश्यक: मन्त्री लेखक

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सूचनाको हक पारदर्शिताका लागि आवश्यक रहेको बताएका छन् । उनले पारदर्शिता र पारदिर्शतामार्फत सुशासन कायम गर्न पनि सूचनाको हक आवश्यक रहेको धारणा राखे।
मंगलबार राष्ट्रिय सूचना आयोगले काठमाडौंमा आयोजना गरेको मन्त्रालयस्तरीय सूचना अधिकारीहरूसँग अन्तक्र्रिया कार्यक्रमलाई बोल्दै गृहमन्त्री लेखकले संविधानमा सूचनाको हकलाई मौलिक हकका रुपमा राखेको बताए ।

“ सूचनाको हक दिने हाम्रो कर्तव्य हो । सूचना प्राप्त गर्ने नागरिकको कर्तव्य हो । सूचनाको हक भन्ने बित्तिकै जे सूचना माग्यो त्यही दिनुपर्छ भन्ने छैन ।” उनले भने, “ कतिपय सूचनाहरू गोपनीयतासँग जोडिएका हुन्छन् । ती सूचना दिन जरुरी हुदैन, शान्ति सुरक्षा र मुलुकको प्रतिरक्षासँग जोडिए सूचना हुन्छन् । वैदेशिक सम्बन्ध र कूटनीतिक सम्बन्धहरूसँग जोडिएका हुन्छन् । अब ती सूचनाहरू पारदर्शिताका नाममा, सुशासनका नाममा सारा सूचना दिई छोड्ने हो भने पनि मुलुकलाई थितिमा बसाउँदैन ।”

उनले मुलुकको प्रतिरक्षासँग जोडिएकाले पारदर्शिता, सुशासनको नाममा सबै सूचना दिँदा मुलुक थितिमा बस्न नसक्ने बताए । “ संविधानको व्यवस्थालाई सन्तुलित, विस्तारित र समग्रतामा बुझ्न जरुरी हुन्छ, । सूचना नलुकाइकन दिन पनि आग्रह गर्दछु ।” उनले भने, “ गोपनीयतासँग जोडिएका सूचनाहरू दिन जरुरी हुदैन । सूचना लुकाउनुपर्ने भए गोपनीयताको यस कारण दिन सकिएन भन्ने कुरा स्पष्ट लेखेर दिनु ।”

Health Tips Ad Road Block