Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

हुन्डाई इलेक्ट्रिक सवारी साधनहरूमा प्रि–बजेट अफर

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई इलेक्ट्रिक सवारी साधनहरूमा आकर्षक प्रि–बजेट अफर ल्याएको छ । यो अफर सीमित समयको लागि २०८२ जेठ ५ गतेदेखि २०८२ जेठ १४ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । अफरले ग्राहकहरूलाई हुन्डाई कोना इलेक्ट्रिक, पुरस्कार विजेता आइओएनआइक्यू ५ र क्रेटा इभीमा लागु गरिएको छ।

यो अफर नेपाली उपभोक्ताहरूको बीचमा विद्युतीय सवारी साधनको पहुँचलाई बढाउन डिजाइन गरिएको कम्पनीको भनाइ छ । यस योजनाअन्तर्गत नयाँ हुन्डाई कोना इलेक्ट्रिक, आइओएनआइक्यू ५ र क्रेटा इभी खरिद गर्ने ग्राहकहरूले प्रोत्साहनस्वरूप विभिन्न लाभ उठाउनेछन् ।

प्रि–बजेट छुट योजनाको मुख्य विशेषताहरूमा निःशुल्क बीमा रहेको छ, जसमा ग्राहकहरूले आफ्नो नयाँ हुन्डाई इभीको लागि निःशुल्क बीमा कभरेज प्राप्त गर्ने कम्पनीले जनाएको छ । साथै यस अफरमा ग्राहकहरूले सडक करसमेत निःशुल्क पाउने छन् । यसका साथै तीनवटै मोडेलहरूमा विशेष नगद छुट प्रदान गरिनेछ, जसले यी अत्याधुनिक विद्युतीय सवारी साधनहरूलाई पहिलेभन्दा बढी किफायती बनाउने कम्पनीको दाबी छ ।

‘यो प्रि–बजेट योजना ग्राहकहरुलाई विशेष अफरसहितको सुबिधा प्रदान गर्ने एक एक सक्रिय पहल हो । इभी गाडीका पारखीहरुका लागि प्रत्येक मोडेलमा विशेष अफरहरूको बारेमा थप जान्न र आफ्नो मनपर्ने हुन्डाई इलेक्ट्रिक गाडी बुक गर्न आफ्नो नजिकको हुन्डाई शोरुममा जान प्रोत्साहित गर्दछौं ।
हुन्डाईको विद्युतीय सवारी साधनको क्रान्तिमा सामेल हुने, आकर्षक छुट र अन्य अफरको फाइदा उठाउन यो महत्वपूर्ण अवसरको सदुपयोग गर्न आग्रह गर्दछौं। लक्ष्मी हुन्डाईले री लाक्स चार्जिङ नेटवर्क विस्तार गरेर इभी इकोसिस्टमलाई अझ बलियो बनाएको छ, जसमा हाल देशभरका विभिन्न स्थानहरूमा डिसी र एसी दुवै प्रकारका ६६ सक्रिय चार्जर स्टेसन रहेका छन् । साथै हामी ग्राहकहरुलाई समान विश्वसनीय सेवा, पार्टपुर्जा उपलब्धता र बिक्री पछिको समर्थन सुनिश्चित गर्दछौं ।’ हुन्डाइले उल्लेख गरेको छ ।

Health Tips Ad Road Block