काठमाडौं । लाइफ इन्स्योरेन्स कपोरेशन नेपाल लिमिटेडले शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीको बुधबार बसेको संचालक समितिको १४० औं बैठकले शेयरधनी महानुभावहरूलाई गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीबाट १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बैठकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट कम्पनीको गत आवको वित्तीय विवरणहरू स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात लगानीकर्तालाई वितरण गरिनेछ ।






















