skip this News Page Tips Ad Road Block

कुमारी बैंकको अगुवाईमा ९० मेगावाटको अर्धजलाशययुक्त मर्स्याङ्दी नदी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र तनहुँ जिल्लाको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दी नदीमा एमएपावर प्रालिले निर्माण गर्ने ९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा कुमारी बैक लिमिटेडको अगुवाईमा वित्तीय व्यवस्थापन हुने भएको छ । जलविद्युत्मा लगानी गर्ने सम्बन्धी सम्झौता बुधबार सम्पन्न भएको हो ।

लगानी सम्झौता एमए पावर प्रालिका अध्यक्ष अनुप आचार्य र कुमारी बैंक लिमिटेडका प्रमुख व्यवसाय अधिकृत क्षितिज खड्काको उपस्थितिमा भएको हो ।

कुमारी बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, सानिमा बैंक लिमिटेड, कर्मचारी सञ्चय कोष, गरिमा विकास बैंक लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड तथा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १५ अर्ब १८ करोड ७५ लाख रुपैयाँको संयुक्त लगानीमा आयोजना निर्माण हुने गरी ऋण सम्झौता सम्पन्न भएको कुमारी बैंकले जनाएको छ ।

Health Tips Ad Road Block