ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

नेपालको रेल सेवा विकास र विस्तारमा दक्षिण कोरीया ईच्छुक

काठमाडौं । नेपालको रेल सेवा विकास र विस्तारमा दक्षिण कोरीया ईच्छुक देखिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग दक्षिण कोरीयाली रेल कम्पनी कोरेलका प्रतिनिधीहरुले यस्तो इच्छा प्रकट गरेका हुन् ।

भेटका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपालको रेल सेवाको विकास र विस्तारमा ढुक्क भएर लगानी गर्न दक्षिण कोरीयालाई आग्रह गरेका छन् । दक्षिण कोरीयाली रेल कम्पनी कोरेलका प्रतिनिधीहरुसँगको भेटमा उनले रेल सेवाको विकास र विस्तार नेपाल सरकारको समेत प्राथमिकताको विषय भएकाले लगानीका लागि आग्रह गरेका हुन् ।

नेपाल धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले सम्पन्न राष्ट्र भएकाले त्यस्ता गन्तव्यहरुलाई लक्षित गरि रेल सेवाको विस्तारमा अध्ययन, अनुसन्धानका लागि समेत मन्त्री दाहालले आग्रह गरे । लामो तथा छोटो दूरीको रेल सेवा विस्तारका लागि नेपालले लगानीको वातावरण बनाई रहेको उल्लेख गर्दै उनले लगानीका विभिन्न ‘मोडल’ बारे पनि छलफल गर्न सकिने उल्लेख गरे ।

छलफलका क्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालमा जलविद्युत उत्पादनको प्रचुर सम्भावना रहेकाले विद्युतीय रेल मार्ग विस्तार उपयोगी हुने बताए ।

विज्ञ सम्मिलन कार्यदल गठन हुने

लगानी बोर्डका कार्यकारी अधिकृत सुशिल ज्ञवालीले नेपालमा रेल मार्गको विकास र विस्तारका लागि दुवै देशका विज्ञहरुले विभिन्न मोडलमा अध्ययन गर्ने जनाए । केही दिन भित्रमानै दुवै देशका विज्ञ सम्मिलित कार्यदल गठन गरिने उनले जानकारी दिए ।

छलफलमा रेल विभागका महानिर्देशक अजय मूलले नेपालमा रेल मार्ग विकासका लागि विभिन्न साझेदारहरुसँग छलफल भई रहेको बताएका छन् ।

कोरीयाली प्रतिनिधीमण्डलको नेतृत्व गरेका कोरेलका प्रमुख कार्यकारी हान मुन हीले १ सय २६ वर्ष पुरानो कम्पनीले विश्वका विभिन्न देशमा रेल मार्गको विकास र विस्तारका लागि कार्य गर्दै आएको बताए । नेपालमा अध्ययन तथा लगानीका लागि नेपालको लगानी बोर्ड, रेल विभाग तथा कोरेलबीच दर्विलो विश्वासको वातावरण बनाई थप कार्य अघि बढाउन सकिने उनको भनाई थियो ।

प्रधानमन्त्रीसँग भेटेर पनि प्रतिनीधीमण्डलले उक्त इच्छा देखाएको छ ।

Health Tips Ad Road Block