skip this News Page Tips Ad Road Block

कोशी लगानी सम्मेलन : नेपालको विकासका लागि कोशेढुंगा

Citizenlife ad 2082 falgun to baishak 2083

झापा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले कोशी प्रदेशमा आयोजना गरिएको लगानी सम्मेलन नेपालकै विकासका लागि कोशेढुंगा सावित हुने बताएका छन् । लगानी सम्मेलनको दोश्रो दिनको शत्रमा आफ्नो विचार व्यक्त गर्दै मन्त्री दाहाले कोशी प्रदेशमा लगानीका लागि आवश्यक र उपयुक्त क्षेत्रहरु प्रशस्त रहेको बताए । नेपालको औद्योगीकरणको जग बसालेको कोशी प्रदेशमा उद्योग, कृषि, पर्यटन, यातायात लगायत प्रशस्तै क्षेत्रमा लगानी गर्न सकिने उनले बताए । सरकारले हालै विभिन्न कानूनहरु संशोधन गरि लगानीमैत्री वातावरणका लागि कानूनी आधार समेत बलियो बनाएको भन्दै उनले आवश्यक परे अन्य कानूनहरु संशोधन वा निर्माणका लागि पनि सरकार तयार रहेको बताए ।

विद्युत उत्पादन र उपभोगमा नेपालले जोड दिएको भन्दै मन्त्री दाहालले सरकारले विद्युतीय सवारी साधन आयातलाई प्रोत्साहन गरि रहेको बताए । तर नेपालमा लगानीको वातावरण राम्रो बनि रहेको भन्दै स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई विद्युतीय सवारी साधन उत्पादन तर्फ पनि लगानी बढाउन आग्रह गरे ।

‘हामी सम्पूर्ण यातायातलाई विद्युतीय बनाउने अभियानमा लागेका छौं । त्यसैले आगामी सन् २०३० सम्ममा सम्पूर्ण आयतको ८० प्रतिशत भन्दा बढी विद्युतीय यातायातका साधन मात्र आयत गर्ने गरि योजना बनाएका छौं’ सम्मेलनमा मन्त्री दाहालले भने, ‘हामी यो लगानी सम्मेलनमा मार्फत सबै लगानीकर्ताहरुलाई विद्युत उत्पादनको साथै विद्युतीय सवारी साधनका उद्योगहरु स्थापना गर्न आमन्त्रण गर्दछौं ।’

कोशी प्रदेश सरकारले पहिलो पटक लगानी सम्मेलनको आयोजना गरेको हो । सम्मेलनमा स्वदेशी सहित विभिन्न देशका लगानीकर्ताहरु सहभागी रहेका थिए । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

Health Tips Ad Road Block