Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

चीनको आर्थिक वृद्धिदर खुम्चिएर ४ प्रतिशतमा सिमित हुने आइएमएफको अनुमान

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सन् २०२५ मा चीनको आर्थिक वृद्धिदर ४ प्रतिशतमा सिमित हुने अन्तर्राष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले अनुमान गरेको छ । चीनले भने ५ प्रतिशतको आर्थिक वृद्धि हुनसक्ने अनुमानकाबीच आइएमएफको यो अनुमान सार्वजनिक भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमकाअनुसार अमेरिक र चीनबीच व्यापार युद्ध चलिरहेको र एक अर्काले वस्तुहरुमा उच्च कर लगाउँदा चीनको निर्यात घट्नसक्ने अनुमान गरिउको हो ।

चीनको घरजग्गा क्षेत्रमा रहेको समस्या, स्थानीय सरकारको ऋण बोझ र उपभोक्ताहरूको खर्च गर्ने इच्छाशक्तिमा कमी आएका कारण पनि आर्थिक वृद्धिमा चाप पर्ने अनुमान गरिएको हो । आइएमएफले सन् २०२५ को सुरुमा गरेको ४.६ प्रतिशतको आर्थिक वृद्धिको अनुमानलाई ४ प्रतिशतमा झारेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । यसमा वर्तमान परिस्थितिको आँकलनलाई मुख्य मुद्धा बनाइएको छ ।

Health Tips Ad Road Block